“कोरोनाको उत्त्पति कुन कारणले भयो? (कविता) छ्न्द- शार्दूलविक्रीडित)

 
काटे वृक्ष र जीवलाइ नरले खाए अधर्मी बनी
भत्काए सुरमन्दिरै सबतिरै माओहरूले पनि ।
धामीका शिरका लडा पनि लुछे मष्टा र कैलाशका
लाग्यो श्राप अकाट्य विश्वभरमा मान्छे मरे धर्तिका।।१।।
 
 
 
 
 
खानामा विष औषधी थरिथरी हाले मिसाए
यहाँ गौहत्या सब त्यो छ पाप जगको गर्दैरहेका यहाँ ।
 
त्यागीन् धर्म रजस्वला जगतमा नारीहरूले पनि
आफ्नो धर्म र कर्म वन्चित गरे धेरै जनाले पनि ।।२।।
 
 
 
हत्या पाप अवैध कुत्सित सदा सार्है हुँदा बेसरी
अत्याचार अधर्म कार्य सबका अन्यायको चाकरी ।
 
नानाभाँति अनेक तुच्छ जनका हिंसा र चोरी पनि गर्दा
कर्म अनेक मानवहरूद्वारा भएरै अनि ।।३।।
 
 
 
आयुर्वेद सुऔषधी प्रकृतिको छाड्यौँ नमानीकनै खायौँ
औषध धेर तुच्छ सबता ट्याब्लेट दुर्गन्धितै ।
 
उब्जीए कति हुन् कती भवमहाँ रोगै अनकौँ
यहाँ सारा रोग मिसी भयो सबतिरै कोवीड नामै यहाँ ।।४।।
 
 
 
आयो रोग अकाट्य विश्वभरमा कोवीडको नामले खाने भो
सबको सुशान्ति घरको कोवीडको कामले।
 
 
कोरोना नरको अशान्ति जगको आयो
धराको डर केही छैन उपाय रोक्न अबता मात्रै प्रभूकै भर ।।५।।
 
 
 
 
राखौँ हिम्मत नित्य स्वच्छ मनमा जस्तो भए तापनि केही हुन्न
सदा सुखी सब बनौँ आनन्द मानी अनि ।
 
 
गुर्जो अद्रक नीम पेय तुलसी खाऔँ खुवाऔँ
सब पानी उष्ण पिऔं सदा दिनदिनै बाँचौ बचाऔं अब ।।६।।