लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडौँ,बैशाख २६।लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरिएको छ।

 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

 

आयोगको अध्यक्षमा रेग्मी र सचिव शिशिर कुमार ढुंगानाको नाम प्रस्तावित थियो। तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो।

 

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ।