नेपालमा थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,बैशाख २६। नेपालमा थप ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षण गर्दा  ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै काठमाडौं उपत्यकामा मात्र ४ हजार १९८जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना संक्रमित भएका छन्।

  कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अरू मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

 

 

आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित 

सबैभन्दा धेरै काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना संक्रमित भएका छन्।

 

प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा १, झापामा ११७, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३३०, संखुवासभामा २, सुनसरीमा ६६ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा १३०, पर्सा ६७, बारामा २४, महोत्तरीमा ८५, रौतहटमा ५०, सप्तरीमा २८, सर्लाहीमा १२ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२२, चितवनमा ३१०, दोलखामा ८, धादिङमा २१, नुवाकोटमा ७३, भक्तपुरमा ५०४, मकवानपुरमा ९०, रसुवामा ७, रामेछापमा १९, ललितपुरमा ५३३, सिन्धुपाल्चोकमा ७५ र सिन्धुलीमा ४३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लाे २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३८३, गोरखामा ७४, तनहुँमा ८३, नवलपरासी पूर्वमा ५२, पर्वतमा ७, म्याग्दीमा ४, लमजुङमा १२, बागलुङमा ३ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, गुल्मीमा १२, दाङमा ३११, नवलपरासीमा ६०, पाल्पामा ९३, प्युठानमा ५, बर्दियामा १२, बाँकेमा ७३, रुपन्देहीमा ५६२ र रोल्पामा २१ जनामा कोरोना पाइएको छ।

 

पछिल्लाे २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ३, जुम्लामा १९, दैलेखमा ४, रुकुम पश्चिमा ९, सल्यानमा ३ र सुर्खेतमा २३५ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा २१, कैलालीमा ४७६, डडेल्धुरामा ४५, डोटीमा ९, दार्चुलामा २९, बझाङमा ३ र बैतडीमा ७१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।