प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै के भने हेर्नुस् ?

काठमाडौं,बैशाख २७। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

 

विश्वासको मत लिने प्रयोजनका लागि बोलाईएको प्रतिनिधिसभाको विशेष अधिवेशनको दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चासोका हर विषयमा सफलता प्राप्त गरेको भन्दै विश्वासको मत लिनका लागि तीनै कार्य नै पर्याप्त भएको बताए।

 

 

उनले संविधान शंसोधनका लागि आफु तयार रहेको पनि बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विखण्डनको राजनीति सधैका लागि अन्त्य गरेको, देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सवालमा कुनै विवाद नरहेको, पृथकतावादी सोच राख्नेलाई राजनीतिक मुलधारमा ल्याएको, राजनीतिक इच्छा आकांक्षा पुरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच लिएकालाई पनि संवादको माध्यमबाट शान्तिपुर्ण राजनीतिको मुलधारमा ल्याएको, दशकौ देखिको हिंसाको राजनीति अन्त्य गराउन पहल गरेको भन्दै आफुलाई विश्वासको मत दिनु नपर्नेुपर्ने कारण नै नरहेको तर्क गरे ।

 

 

उनले विकास निर्माण, पुर्वाधार, सडक निर्माण, पुल, धरहरा पुर्ननिर्माण, सिंचाई आयोजनाहरु लगायतको फेयरिस्त प्रस्तुत गर्दै आफ्नो नेतृत्वको सरकारले जनजीवीकाका सवालमा नयाँ कामहरु गरेको दाबी गरे ।सरकारले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता अक्षुण राख्ने सवालमा उपलब्धिमुलक काम गरेको बताए।

 

सरकारले असाधारण र दुरगामी महत्वका काम गरेको र मान्छे बस्न लायकको देश बनाउनुको साथै हेर्न लाज नहुने समाजको निर्माण गरेको दाबी गरे। उनले अराजनीतिक हतकण्डा अपनाउने काम वर्तमान सरकारले नगर्ने, कसैलाई विभेद नगर्ने भन्दै विश्वास नगर्नुपर्ने कुनै कारण नै नरहेको बताए ।

 

सरकारले देश र जनताका लागि वर्तमान सरकारले असाधारण काम गरेको भन्दै उहाँले सत्यलाई स्वीकार गर्ने हो भने आफुलाई विश्वास नगर्नुपर्ने कारण नरहेको दाबी गरे।

 

उनले भने, ‘सत्यलाई स्वीकार गरेर अघि बढ्ने हो भने यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । यस सदनको विश्वास छ भन्ने आवश्यक ठानेकाले म यस सदनमा उपस्थित भएको छु ।

 

सदनको आफुमाथि विश्वास छ भन्ने कुरा प्रष्ट गर्न चाहेको हो ।उनले राजनीति भनेको स्वार्थ पुरा गर्ने शस्त्र मात्रै नभएको भन्दै देश बनाउने संकल्पका रुपमा बुझ्न आग्रह गरे ।

 

 

उहाँले भन्नुभयो ‘राजनीतिक शक्तिहरुका बीचमा घाउ कोट्याई कोट्याई, किन चुडिँदैन भनेर तानी तानी चुडाँउने, किन भत्किदैन भनेर भत्काउने र पनि शान्ति सुव्यवस्थाको स्थिति छ ।

 

सभामुख महोदय, राजनीतिलाई के बनाईरहेका छौ हामीले रु राजनीतिलाई स्वार्थको दुनो सोच्याउने शस्त्रको रुपमा पनि बुझ्दैछौ किरु देश बनाउने संकल्पको रुपमा बुझ्दै छौ राजनीतिलाई । राजनीति देश बनाउने । राजनीति देश र जनताको सेवा गर्ने एउटा माध्यम हो ।

 

संसद पुर्नस्थापना भईसकेपछि पनि अहिले सम्म आफुलाई कसैले अविश्वास नगरेको भन्दै उनले विश्वासको मत दिनको लागि आग्रह गरे । उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै पार्टी भिन्न भईसक्दा पनि आफुले विश्वासको मत लिन्छु नभन्ने बेलासम्म समर्थन फिर्ता नलिइएकाले सुदृढ समर्थन रहेको भन्दै फेरि पनि विश्वासको मत दिन आग्रह गरे।

 

प्रधानमन्त्री ओलीले सरकारको ध्यान कोभिड १९ संक्रमणको रोकथाम र उपचारमा केन्द्रीत रहेको र आफ्ना कार्यहरुलाई प्रभावकारी रुपमा अघि बढाईरहेको दाबी पनि गरे ।

 

उनले वर्तमान अवस्थामा विभिन्न विचार र संस्थागत मत भिन्नतालाई थाती राखेर कोभिड विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। सरकारका प्रयासहरुमा सबैको साथ आवश्यक रहेको र कोभिड विरुद्ध लड्नु सबैको साझा उत्तरदायीत्व भएको पनि उनले स्मरण गराए।

 

उनले स्थिरता र स्थायीत्वका साथ एकतावद्ध भएर, जनताले देख्ने र बुझ्ने गरि अनुभव हुने गरी काममा जुटिरहेका बेला सरकारलाई सहयोग गर्दे सबै एकजुट भएर लागेको हुनुपर्नेमा त्यसो हुन नसकेको दुखेसो गरे । उनले मुलुकमा देखिएका पछिल्ला गतिविधि, चिन्तन र ध्यानहरु विषय केन्द्रीत हुन नसकेकोको गुनासो पनि गरे ।

 

उनले सरकारले चालेका सकारात्मक कदममा कसैको साथ नभएको र अनेक अप्ठ्याराहरुको सामना गर्नुपरेको गुनासो गरे ।उनले सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य भएको भन्दै साझा संकट समाधान गरिरहेका बेला कसैले भ्रष्टाचार गरेको भए कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे।