गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको सपथ लिँदै

काठमाडौं,बैशाख २९। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् । गुरुङलाई आजै सपथ गराउने तयारी छ ।

 

 

कांग्रेस माओवादी र जनता समाजवादी पार्टीले नयाँ सरकारका लागि गठबन्धन बनाएपनि राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बस्ने भएपनि बहुमत नपुगेको हो ।

 

 

विपक्षी गठबन्धनको बहुमत नपुगेपछि गुरुङले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका रुपमा सरकारको नेतृत्व गर्नेछन् ।

 

 

उनले फेरी ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाका दुई सांसदले साथ नदिएपछि गुरुङ पुनः मुख्यमन्त्री बनेका हुन् ।

 

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

 

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।

 

 

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले गुरुङलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढेको पुष्टि गरे ।