नेपाल समूहका सांसदले तत्काल राजीनामा नदिने

काठमाडौं,बैशाख ३०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक
भएको छ । वार्ता सहमति नजिक पुगेसँगै नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् ।

 

 

बैठकपछि नेता नेपालले तत्कालका लागि राजीनामाको सम्भावना टरेको बताएका छन् ।पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुईरचार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।

 

 

ओलीले फागुन २८ गतेका निर्णयहरु फिर्ता गर्ने विषयमा सकारत्मकता देखाएकाले तत्काल राजीनामा नआउने उनले बताए । उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।

 

 

वार्तापछि नेता नेपालले विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताएका छन् । प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको पनि उनले बताए । विवाद समाधानका लागि कार्यदल बनाएर अगाडी बढ्ने विषयमा सकारात्मक कुरा भएको उनको भनाई छ ।