माधव नेपाल समूहलाई यी चार मन्त्रालय, को-को बन्दैछन् मन्त्री

काठमाडौं,बैशाख ३०। नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आजै प्रधानमन्त्री नियुक्त हुने भएपछि मन्त्रालयको भागबण्डा सुरु भएको छ । 

 

 

जनता समाजवादी पार्टी समेत सरकारमा जाने विषयमा छलफल भइरहेको छ । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमै जाने वा बाहिर बसेर समर्थन गर्ने विषयमा निश्चित भइसेको छैन।

 

 

यता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेतालाई पनि मन्त्री बनाउने ओलीले तयारी गरेका छन्। नेपालपक्षबाट तीनदेखि चारजनासम्म मन्त्री हुन सक्ने बताइएको छ। गृह मन्त्रालयसहितका चार मन्त्रालय दिन सक्ने बाताइएकाे छ।