देउवा,प्रचण्ड र उपेन्द्रसहितका नेता फेरि छलफलमा

काठमाडौं,बैशाख ३१। विपक्षी गठबन्धनको सरकार बनाउन असफल विपक्षी दलका नेताहरुबीच छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेताहरुबीच छलफल भइरहेको छ ।

 

सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार छलफल भएको स्रोतले बताएको छ ।

 

 

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन तत्काल सम्भव नभएपनि अब कसरी सहकार्यलाई अगाडी बढाउने भन्ने विषयमा छलफल जारी रहेको बुझिएको छ ।