नेपालसँग भेटेपछि प्रचण्डले भने–धोका अहिले नै भन्न मिल्दैन

काठमाडौं,बैशाख ३१। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएको भन्न अहिले नै भन्न नमिल्ने बताएका छन्।

 

नेपालसँगको भेटपछि शुक्रबार प्रचण्डले यस्तो बताएका हुन् ।अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न।

 

 

अहिले भर्खर पनि हामी कुरा गर्दै थियौं,उनले भने,उहाँभित्र केही समस्या भए होलान्। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ।’