उपेन्द्र र बाबुराम पक्षको बैठक बस्दै,महन्थ र महतो पक्षलाई कारवाही गर्ने

काठमाडौं,जेठ १। जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षिय बैठक बस्ने भएको छ । औपचारिक विभाजनको दिशामा अघि बढ्ने छाट देखाएको जसपाले एक पक्षिय बैठक आव्हान गरेको हो ।

 

महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्टै उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

 

बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने सम्भावना रहेको बुझिएको छ । जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दावी गरेका छन् ।

 

यता केपी शर्मा ओली सरकारलाई विश्वासको मत दिने सन्दर्भमा जसपा विभाजित भएको थियो । महन्थ ठाकुर पक्ष तटस्थ रहँदा बाबुराम उपेन्द्र पक्षले विपक्षमा मतदान गरेको थियो । महन्त ठाकुर पक्ष ओली सरकारमा सहभागि हुने तरखरमा छन् ।