ओली र नेपालबीच भेटवार्ता हुँदै :नेपालसूहको यी ४ मन्त्रालयमा दाबी

काठमाडौं,जेठ २। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालीबीच आजपनि भेटवार्ता हुँदै छ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि कार्यदल बनाउने विषयमा छलफल गर्न भेट हुन लागेको हो ।

 

 

एमालेका एक नेताका अनुसार आज दिउँसो १ बजे दुई नेताबीच भेट हुने तय भएको छ ।नेता नेपाल समूहले एमालेलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने सर्त राखिरहेको छ ।

 

 

शुक्रबार संस्थापन र नेपाल समूहबीच भएको छलफलमा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति बनेको थियो ।

 

 

त्यसका लागि कार्यदल बनाउने सहमति बमोजिक कार्यदल बनाउन दुई नेता भेट्न लागेका हुन् ।कार्यदल बनाउने सहमति ओली र नेपालबीच वैशाख ३० गतेको वार्तामा भएको थियो ।

 

त्यसै बिच नेपालसमूह सरकारमा समेल हुँदा कुन कुन मन्त्रालयमा पाउने भन्ने बारे पनि छलफछ हुने भएकाे छ। नेपालसमूहले गृहसहितका चार मन्त्रालयकाे दाबी गरेकाे हुनाले ओलीलाइ केही अप्ठ्याराे परेकाे ओली निकटका केही नेताहरूले बताएका छन्। तर त्यसलाइ समाधान गरेर उहाँहरूकाे चित बुझ्ने गरि अघि बढ्ने बताइएकाे छ।