फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,जेठ २। नेपाल आयल निगमले आज (आइतबार) पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै नेपाली बजारमा पनि मुल्य बृद्धि गरेको निगमले जनाएकाे छ। पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँ मूल्य बढाएको हो।

 

 

पेट्रोलको मूल्य लिटरको एक सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको एक सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

 

 

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य यथावत छ। वृद्धि भएको मूल्य आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।