मन्त्रिपरिषद्को बैठक यी निर्णय गर्दै सकियो

काठमाडौं,जेठ ३। आज सोमबार मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कुनै महत्वपूर्ण निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए ।

 

बैठकले केही कर्मचारीको सरुवा बढुवाको निर्णय गरेको छ । कोरोना महामारी निरन्तर बढिरहँदा रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने दबाब सरकारलाई छ ।

 

साथै नीति कार्यक्रम र बजेटको तयारीका विषयमा समेत छलफल भएको बुझिएको छ।