नेपाल र गृहमन्त्री थापाबीच भेटवार्ता,यी कुरामा गरे सहमति

काठमाडौं,जेठ ४।नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा (बादल)बीच भेटवार्ता भएको छ । राष्ट्रियसभा उपनिर्वाचन तर्फ उम्मेदवार समेत रहेका बादल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।

 

 

वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार छन्।

 

 

पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

 

पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन ।

 

तर आजकाे भेटमा नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाइ सहयोग गर्ने बताएका छन्। तपाइ हाम्रो पार्टीको उम्मेदवार भएकोले आशंका नगर्न समेत आग्रह गरेका छन्।