ओली सरकार स्वास्थ्य क्षेत्रका माफिया र दलालहरुको नाइके :हरिकृष्ण गजुरेल

काठमाडौं,जेठ ४। नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले भने,अहिले कारोना संक्रमणले देशको अवस्था भयावह स्थितिमा छ, तर ओली सरकार कता छ,मैन वत्ती बालेर खोज्ने अवस्था आएको उनले बताएका छन्।

 

 त्यस्तै स्वास्थ्य क्षेत्रका माफियाहरुको कब्जा र हालीमुहालीमा चलिरहेको छ तर सरकार तिनै माफिया र दलालहरुको नाइके बनेर आम जनताहरूलाइ भ्रम सिर्जना गर्दै लुटिरहेको उनले आरोप लगाएका छन्।

 

 

 

अहिले कोरोनाको संक्रमणको दोस्रो लहरले सिंगो मुलुक आक्रान्त बनेको छ तर अहिलेको माफियाबाट सञ्चालित दलाल ओली सरकार रमिते भएर टुलुटुलु हेरेर बसेको अवस्था छ ।जनताले अक्सिजनको अभावमा दिनदिनै ज्यान गुमाइ रहेका छन्।तर यो अन्धो सरकार के गरि रहेको छ। 

 

 उनले भने  सरकार लासको बिस्कुन लगाएर सत्ता स्वार्थको खेलमा रमाइरहेको छ,तर जनता भने अक्सिजनको अभावले अस्पतालको सैहियामा छट्पटाइ रहेका छन्।

 

 उता संसद भएका सत्तापक्ष र प्रतिपक्ष दलगायत सबै पार्टी र तिनका नेताहरु आफ्नो स्वार्थको लागि संसद भवनमा नाटक गर्दै छन्,यता जनता उपचार नपाएर छट्पाटाइ रहेका छन्, दलालहरूले यसको जिम्मेवारी लिनु पर्छकी पर्दैन।

 

त्यसैले अब संसदीय व्यवस्थाको विकल्प खोज्ने बेला आएको र त्यसको एक मात्र विकल्प संघीय जनगणन्त्र र वैज्ञानिक समाजवाद भएको उनले बताएका छन्।

 

उनले भने, जनताका हक अधिकार सुनिश्चित गर्नका लागि संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद ल्याउन अति आवश्यक रहेको र अब सम्पूर्ण जनताले साथ दिनु पर्ने बेला आएको उनले बताएका छन्।

 

 

 

यसका लागि सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाको निम्ति दृढताका साथ अघि बढ्न जरुरी रहेको पनि उनले बताएका छन्।राष्ट्रियता अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको पनि उनले बताएका छन्।

 

 

 

त्यस्तै उनले भने, अहिलेको समग्र विषय भनेको कोरोना संक्रमण नियन्त्रणमा केन्दित हुने बेला हो,तर स्वास्थ्य क्षेत्र गम्भीर संकटमा देखिएको छ। अहिले माफियाको कब्जामा रहेकोले स्वास्थ्य क्षेत्रमा अहिले गम्भीर संकट उत्पन्न देखिएको उनले बाएका छन्।

 

जनताको जीवन असाध्यै कष्टकर, बेहाल हुनुका साथै उपचारविहीन अवस्थाबाट गुज्रनु भनेको अहिलेको सरकारको असफता भएको उनले बताए।

 

राज्यको समग्र संयन्त्र नै पूर्णरुपमा असफल भइसकेको छ । त्यसैले अहिलेको दलाल प्रतिक्रियावादी राज्य व्यवस्थालाई ध्वंश गरी जनताको राज्य व्यवस्था स्थापना गर्नु जरुरी रहेको पनि उनले बताएका छन्।

 

अहिलेको यो विषम परिस्थितिमा जनताले महसुश गर्न सक्ने सरकार नै नभएको र अहिले जनता अस्पतालको बरन्डामा छट्पाटाइ रहेका छन् भने अहिलेको केपी ओली सरकार मरेतुल्य भएको छ।

 

महामारीमा जनताको बेहाल छ,यी फाटाहाहरू सत्ताको खेलमा लागेका छन्। अहिलेको यो अवस्था भनेको जनताको ज्यानको सुरक्षा गर्ने वेला हो।

 

त्यस्तै अब जनताले बुझिसकेका छन्,यो भन्दा पछिका निर्वाचनमा यी माफियाहरूको पतासाब हुने निश्चित रहेको छ । अबको निर्वाचनमा खशी ,रागामा विग्ने होइन अब जनताले जाग्ने बेला आएको छ । अहिलेको यो ओली सरकार निकम्मा हो त्यसैले अब हामीले जनतालाइ भन्ने गरेका छौ अब विल्प खोज्नु पर्ने बेला आएको छ। 

 

 

 

अहिलेको ओली सरकारले जनताको बेहाल बनाएको र त्यो अबस्था आउनु भनेको अहिलेको ओली सरकारको असफताको बाटोमा अगाडी बढेको उनले जिकिर गरेका छन्। उनले भने ओलि सरकारको मात्र असफता होइन यो सिंगो व्यवस्थाको पनि पूर्ण असफता रहेको उनले बताएका छन्।