ओली र नेपाल पक्षको कार्यदलबीच वार्ता सकियो,यस्तो छ,निर्णय

काठमाडौं,जेठ ४। नेकपा एमालेको पार्टी विवाद समाधानको लागि गठित कार्यदलबीच आजको वार्ता सकिएको छ । पार्टी अध्यक्ष तथा केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको कार्यदलको वार्ता सकिएको हो ।

 

 

आजको भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

 

 

सिंहदरबारमा भएको दुवै पक्षको कार्यदलको वार्तामा पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको उनले बताए ।

 

आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुनस् भोलि तय गरिएको बताए ।