बिहानै ५.८ म्याग्निच्युडको भूकम्प,यी जिल्लाहरूमा धक्का महसुश,क्षतिबारे जानकारी आउन बाँकी

काठमाडौं,जेठ ५ ।विहानै लमजुङको मर्स्याङ्दी गाउँपालिकाकामा,भुलभुले केन्द्रबिन्दु भएर  ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट एकजना घाइते बाहेक अरू मानवीय क्षति भएकाे छैन्। 

 

  भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको थियाे । पुराना माटोले बनेका घरहरु भत्किएको भन्ने सूचना आएपनि त्यसबाट मानवीय क्षति भएको भने छनै।

 

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।

 

भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी हुन्।उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएकाे छ।‘घरको गारो भत्किएर एक जना वृद्ध घाइते भएको जानकारी आएको छ ।

 

 

  पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइसकेको छैन । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्‍यायो कि पुर्‍याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।