बाँकेमा कोरोना संक्रमित थप १७ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,जेठ ५। बाँकेमा उपचाररत् थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ।

 

 

मृतकमध्ये दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेका छन्। नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

 

 

योसँगै बाँकेमा कोरोनाबाट अहिलेसम्म ४६२ जनाको मृत्यु भएको छ। जसमध्ये बाँकेका २५३ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २०९ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताए।