प्रहरीको गोली लागेर एक युवक घाइते

काठमाडौं,जेठ ५। नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् । प्रतापपुर गाउँपालिका ६ कठहवामा गोली लागेर २२ वर्षीय अविनाश राय घाइते हुनुभएको स्थानीय बासिन्दाले बताएका छन् ।

 

 

सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई प्रहरीले रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ ।

 

 

घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनाका बारेमा थप जानकारी लिने प्रयास भैरहेको बताए ।