दर्शन: साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शनका सन्दर्भमा

– हस्तबहादुर केसी

दर्शन आफ्नो समयको बौद्धिक सारतत्व, संस्कृतिको जीवित आत्मा हो ।

 

– कार्ल माक्र्स , कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स , संकलित रचना संग्रह , खण्ड १, पृष्ठ १०५ ।

 

 

 

दर्शनको मुख्य विशेषता समयसापेक्ष र वर्गपक्ष्यधरता हो । त्यसो भएर नै सर्वहारावर्गका महान् नेता तथा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले दर्शनशास्त्रलाई आफ्नो समयको “बौद्धिक सारतत्व”, “संस्कृतिको जीवित आत्मा” भन्नुभएको थियोे ।

 

 

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन मूलतः संशोधनवादी दर्शन र त्यसका विविध धाराहरुको विकास भएको दर्शन हो । यो आलेख यसै विषयमा केन्द्रीकृत भएर लेख्ने प्रयत्न गरिनेछ ।

 

 

त्यस भन्दा पहिले दर्शन युगसापेक्ष भएकोले यहाँ थोरै दासयुगकालिन , सामन्तवादीकालिन र पुँजीवादीकालिन दर्शनका बारेमा चर्चा गर्ने प्रयत्न गरिनेछ ।

 

दर्शनको जन्म उत्पादनको निम्ति संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट भएको हो थियो । दासमालिक समाजको विकासप्रक्रियाका बीचबाट अर्थात् आदिम साम्यवादी युगको अन्त्य र दास युगको जन्म पश्चात् दर्शनको पनि जन्म भएको हो ।

 

 

किनकि दास युगिन समाज पहिलो वर्गीय समाज थियोे । यसरी मानव समाजमा वर्गको जन्मसंगै दर्शनको पनि जन्म भएको हो । प्राचीन युनान , भारत , नेपाल र चीनमा दर्शन विकसित हुँदै आएको पाइन्छ ।

 

मानव समाजको ऐतिहासिक विकासको क्रम अन्तर्गत दास मालिक समाज ( दास युगिन समाज ) , सामन्तवादी युग , पुँजीवादी युग हुदै आज साम्राज्यवाद र सर्वहारा क्रान्तिकोसम्म विकास भइसकेको छ । दर्शन युगसापेक्ष्य हुनेभएकोले प्रत्येक विकासक्रमसंगै दर्शनको पनि विकास हुदै आएको छ ।

 

दासमालिक समाज ( प्रारम्भिक कालमा दर्शन )

दसमालिक समाज ( दासयुगिन समाज ) को दर्शन सबैभन्दा पहिलेको दर्शन हो । यसै युगमा दर्शनको जन्म भएको हो। तत्कालीन समाज विकासको प्रक्रियामा दर्शन सबै देशहरूमा एक समान ढंगले अगाडि बढेको पाइदैन ।

 

 

खास गरि प्रारम्भिक युगको दर्शनलाई प्राचीन दर्शन भनिन्छ । प्राचीन दर्शन प्राचीन युनान तथा रोम , नेपाल तथा भारत र चीनमा विकसित भएको पाइन्छ ।

 

प्राचीन युनानी दर्शनमा मूलतः संवत ः स्फूर्त भौतिकवाद र द्वन्द्ववादको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । त्यस समयका दार्शनिकहरुमा हेरेक्लाइटस र डेमोक्राइटस प्रमुख रहेका थिए । द्वन्द्ववादको विकासमा युनानी दार्शनिक अरस्तुको महत्वपूर्ण भूमिका रहेको थियोे ।

 

त्यस युगमा युनान तथा रोमन दर्शन , नेपाली दर्शन ,भारतीय दर्शन र चीनको दर्शन रहेका छन् । यो छोटो आलेखमा यी सबै दर्शनका विषयमा विस्तृत रुपमा व्याख्या गर्न सम्भव छैन । पछि अनेत्रै व्याख्या गरिनेछ ।

 

सामन्तवादी युगको दर्शन

सामन्तवादी युगको दर्शनलाई मध्ययुगको दर्शन भनिन्छ । त्यस दर्शनको प्रारम्भ पश्चिममा रोमन साम्राज्यको पतन र भारती उपमहाद्वीपमा गुप्त साम्राज्यको थालनी देखि भएको पाइन्छ । त्यस युगको दर्शनलाई धर्म दर्शन पनि भनिन्छ ।

 

त्यस युगको दर्शनलाई युरोपको दर्शन , अरबी दर्शन , भारतीय दर्शन नेपाली दर्शन र चीनमा बौद्ध – कन्फ्युसियस– ताओवादी दर्शन गरी विभक्त गरिएको थियो ।

 

पुँजीवादी युगमा दर्शन

पुँजीवादी युगमा मानव समाजको विकास हुनेक्रममा नयाँ उत्पादक शक्तिको सशक्त रुपमा विकास भएको थियो । सामन्तवादका विरुद्ध जनसमुदायको तीब्र ओक्रोस बढ्नु , ज्ञान – विज्ञानका क्षेत्रमा हुनु , कोपरनिकस ( सन १४७४ – १५४३ ) द्वारा सूर्यलाई पृथ्वीको केन्द्र मान्दै पृथ्वीलाई गोल कताउँदै त्यसले सूर्यलाई केन्द्र मानेर घुम्छ भन्ने परिकल्पना प्रस्तुत हुनु र त्यसलाई ग्यालिलियो ( १५६४ – १६४२ ) द्वारा पुष्टि गरिनु , बारुदको खोज ,छापाका मेसिनको ज्ञान तथा कम्पासको आविष्कार हुनु कोलम्बसद्वारा सन १४९२ मा अमेरिका तथा वास्को द गामाद्वारा १४९८ मा भारतीय मार्गको खोज गरिनु , सामन्तवादका विरुद्ध युरोपका विभिन्न देशहरूमा विविध प्रकारका साँस्कृतिक आन्दोलन सम्पन्न हुनु , यसै प्रक्रियामा कैयौं दार्शनिकहरुद्वारा धर्ममाथि प्रहार गर्ने र तार्किक चिन्तनमाथि जोड दिने काम सम्पन्न हुदै गए । यी सबै कुराबाट भौतिकवादी दर्शनको विकासका लागि आवश्यक पूर्वाधार तयार हुदै गएको थियोे ।

 

पुँजीवादी समाजमा विकास भएको भएको दर्शनला मूलतः दुई भागमा विकसित भएको पाइन्छ । जस्तो (१) पुँजीवादी दर्शन र (२) सर्वहारावादी दर्शन । सर्वहारावादी दर्शन भनेको माक्र्सवादी दर्शन हो ।

 

माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो। र साथै माक्र्सवादी दर्शन विश्व सर्वहारावर्गको मुक्तिको सैध्दान्तिक अस्त्र र पथप्रदर्शन सिध्दान्त समेत हो ।

 

पुँजीवादी दर्शन

वास्तविक रुपमा पुँजीवादी युगको दर्शन आदर्शवाद र भौतिकवाद , अधिभूतवाद र द्वन्द्ववाद , अधिभूतवावादी भौतिकवाद र आदर्शवादी द्वन्द्ववादकाबीचको संघर्षकोबीचबाट विकसित हुदै आएको छ ।

 

पुँजीवादी युगको मुख्य दार्शनिक प्रवृत्ति यान्त्रिक भौतिकवाद हो । खासगरी सत्रौ र अठारौं शताब्दीमा प्रकृतिविज्ञानमा भएको प्रगतिले भौतिकवादको विकासमा मद्दत पुर्याएको थियो

 

सत्रौ शताब्दीमा इङ्गल्याण्डमा दार्शनिकहरु बेकन ती तीनै जना दार्शनिकहरुले भौतिक पदार्थलाई प्राथमिक र त्यसैबाट चेतनाको उत्पत्ति भएको कुरा मान्दथिए । ( १५६१ – १६२६) , हाब्स (१५८८ – १६७९) र लाक (१६३२ – १७०४) द्वारा भौतिकवादको राम्रो विकास भएको थियो
पुँजीवादी दर्शनको विकास प्रक्रिया अन्तर्गत उन्नाइसौं शताब्दीको जर्मन शास्त्रीय दर्शन अन्तर्गत मूख्यतः काण्ट ( सन १७२४ – १८०५ ) , फिक्टे ( १७६२ – १८१४) , शेलिङ्ग (१७७५ – १८५४), हेगेल (१७७० – १८३१) र फायरवाख (१८०४ – १८७२ ) समेतका दार्शनिकहरु आएका थिए ।

 

माक्र्सवादी दर्शन

कार्ल माक्र्स (१८१८ – २८८३ ) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५ ) माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । खासगरी तत्कालीन पुँजीवादी समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्ग बीचको वर्गसंघर्षको अवस्था , प्रकृति विज्ञानका क्षेत्रमा भएका नयाँ नयाँ खोजहरु र जर्मन शास्त्रीय दर्शन , इङ्गल्याण्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद माक्र्सवादका जन्मका भौतिक तथा सैध्दान्तिक बन्न पुगेका थिए ।

 

जुन पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरवाखसम्म आइपुग्दा दर्शनमा जुन समस्याहरु पैदा भएका थिए , माक्र्स र एंगेल्सले तिनको दार्शनिक तथा वैज्ञानिक ढंगले समाधान गर्नुभएको थियो ।

 

माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यी तीन तत्व मिलेर माक्र्सवाद बनेको छ । माक्र्सवाद सर्वहारावर्गको समग्र विचारधारा हो ।

 

वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारावर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद र साम्यवाद – यी तत्वहरु माक्र्सवादका ज्ञान – सिध्दान्तका मूल विषय हुन् ।

माक्र्सवादी दर्शनका निम्न मूलभूत विशेषताहरु रहेका छन् , जो यसप्रकार रहेका छन् :

जस्तो कि दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्वदृष्टिकोणका रुपमा परिभाषित गर्नु , दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु , द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु , वैज्ञानिक समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिध्दान्त र द्वन्द्ववादको पध्दति अवलम्बन गरि नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषता हुन् । यसलाई माक्र्स र एंगेल्सले दार्शनिक तथा वैज्ञानिक ढंगले निरुपण गर्नुभएको थियो ।

 

माक्र्सवादको प्रतिपादन भए यता दर्शनमा निकै विकास हुँदै आएको छ । माक्र्सवादले आज माक्र्सवादक विकासको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवाद र माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो चरणमा माओवादको विकास भएको छ ।

 

 

आजको अबधि भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अबधि हो । यस अबधिमा दर्शनका विकासका मूलतः तीन धारा रहेका छन् , ती हुन् – साम्राज्यवादी युगको पुँजीवादी दर्शन , संशोधनवादी दर्शन र माक्र्सवादी दर्शन र माक्र्सवादी – लेनिनवादी – लेनिनवादी दर्शन । र , यहाँ साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनबारे अब संक्षिप्त रुपमा तल चर्चा गर्ने प्रयत्न गरिएको छ ः

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन :

दार्शनिक फाँटमा साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनको विशेषता भनेको संशोधनवादी दर्शनका विविध शाखाहरु सहितको विकास हो । साथै उत्तर आधुनिकतावाद र उत्तर माक्र्सवादको घोषणा गरिएको घोर माक्र्सवादी , विसर्जनवादी धाराको उल्लेख गरिएको अबधि पनि हो यो युग ।

 

पुँजीवादी दर्शनको विकास

जुन गतिमा माक्र्सवादको विकास हुदै आयो , त्यसै गरि पुँजीवादी दर्शनको पनि विविध धारामा विकास हुदै गएको छ । पुँजीवाद साम्राज्यवाद पतन हुन पुग्पो । पुँजीवादको साम्राज्यवादमा विकास भएसंगै पुँजीवादी दार्शनिक फाँटमा विविध प्रकारका धाराहरु विभिन्न रंगरोगन बोकेर आएको यश धाराले कुनै न कुनै रुपमा साम्राज्यवादको सेवा गर्दै आएका छन् । ती दार्शनिक धाराहरु यश प्रकार रहेका छन् ।

 

(क) संकल्पवादः

पुँजीवादी दार्शनिक फाँटमा संकल्पवादी दर्शनमा संकल्प अर्थात् कामनालाई प्रधानता दिइन्छ । यो दर्शनलाई जीवन दर्शन पनि भन्ने गरिन्छ । यसको चरम विकास गर्ने दार्शनिक फ्रेडरिक नित्से (१८४४ – १९००) हुन् ।

 

साम्राज्यवादको उदयको पृष्ठभूमि र प्रक्रियासंगै नित्सेको संकल्पवाद विकसित हुन पुगेको छ । तत्वदर्शनको क्षेत्रमा नित्सेले संकल्पलाई प्राथमिक स्थानमा राखेका छन् । उनको विचारमा सत्ताको कामना नै सबैभन्दा प्रधान चीज हो ।

 

ज्ञान दर्शनको क्षेत्रमा उनी अतर्कबुध्दिवादी रहेका छन् । नित्सेको आचार दर्शन जीजविज्ञानमा आधारित रहेको छ । नित्सेको शून्यवाद आचार दर्शनको क्षेत्रमा मात्र सिमित रहेको छैन ।

 

उनको यो शून्यवाद राजनीति , र इतिहासको दर्शनको क्षेत्रमा समेत अभिव्यक्त भएको छ । उनी पुँजीवादी उदारतावाद र माक्र्सवाद दुबैका घोर विरोधी थिए ।

 

दार्शनिक रुपमा नित्सेको संकल्पवाद साम्राज्यवादी दर्शनको अनुदारवादी धारा हो । यसले एकातिर फासीवादलाई सघाएको छ भने अर्कोतिर उत्तर आधुनिकतावादका लागि एउटा बलियो सैध्दान्तिक आधार प्रदान गरेको छ।

(ख) प्रत्यक्षवाद

प्रत्येक्षवाद ऊन्नाइसौ शताब्दीको अन्त्यमा जन्मिएको दर्शन हो । यसले साम्राज्यवादी युगको उदारवादी धारालाई प्रश्रय दिने काम गरेको छ । यश दर्शनका संस्थापक फ्रान्सकम दार्शनिक कोम्टे ( १७९८ – १८९५ ) हुन् ।

 

ल दर्शन र वैज्ञानिक समाजवादको क्षेत्रमा प्रत्येक्षवादले गंभीर प्रकारको वैचारिक प्रदूषण फैलाउने काम गरेको छ । दार्शनिकहरुमा कोम्टे , जे. एस. मिल , एच . स्पेन्सर , अ. माख र एवनारियस यश दर्शनशीत जोडिएका छन् ।

 

प्रत्येक्षवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थ रहेको दावी गर्दछ । ज्ञान – सिध्दान्तकन्ह क्षेत्रमा प्रत्यक्षवाद अज्ञेयवादी रहेको छ ।
प्रत्येक्षवाद समाजशास्त्रसंग जोडिएको छ ।

 

 

समाजशास्त्रमा प्रत्येक्षवाद वर्गसंघर्ष र ऐतिहासिक भौतिक रवादको पुरा विरोधी रहेको छ । प्रत्येक्षवादले समाजशास्त्रलाई प्रदूषित तुल्याउँदै आएको छ ।

 

नवप्रत्यक्षवादले दर्शनलाई भाषाशास्त्रमा गिराउने काम गर्दछ । यसले दर्शनशास्त्रको मौलिक प्रश्नका साथै तत्वमीमांसालाई खारेज गर्ने काम गर्दछ । यो दर्शन पनि अज्ञेयवादमा आधारित रहेको छ ।

 

प्रत्येक्षवादीहरु र संशोधनवादीहरुका बीच घनिष्ट साँठगाँठ चल्दै आएको छ । यी दुबै मिलेर सामान्यतः माक्र्सवाद र विशेषतः द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विरोध गर्दछन् ।

 

 

भौतिकवाद र आदर्शवादभन्दा माथि उठेको देखाउन चाहने यश प्रकारको दार्शनिक प्रवृत्तिलाई लेनिनले “ व्यक्तिनिष्ट आदर्शवाद “ को संज्ञा दिनु भएको छ ।

 

(ग) व्यवहारवाद

व्यवहारवाद उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको प्रारम्भमा अमेरिकामा जन्मिएको तथा विकसित भएको दार्शनिक धारा हो ।यश दर्शनका मुख्य प्रणेता विलियम जेम्स ( सन १८४२ – १९१०) र जान डिवे हुन् ।

 

 

विलियम जेम्सले व्यवहारवादलाई निकै विकसित तुल्याएका छन् । व्यवहारवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थतावादको पक्षपोषण गर्दछ ।

 

सारतः यो आत्मनिष्ठ आदर्शवादी दार्शनिक धारा हो । यसले व्यवहार व अनुभवलाई नै प्राथमिक स्थानमा राख्दछ । व्यवहारवाद आदर्शवादी अनुभववाद कै विकसित रुप हो ।

 

प्रत्येक्षवाद जस्तै व्यवहारवाद पनि अज्ञेयवादी नै रहेको छ । व्यवहारवादलाई अतर्कबुध्दिवादसंग पनि जोड्ने गरिन्छ । व्यवहारवादले व्यवहारलाई सबैथोक मान्दै सिध्दान्तको विरोध गर्दछ ।

 

दर्शन मात्र होइन साहित्य , कला र सौर्न्दर्य चिन्तनको फाँटमा पनि व्यवहारवादले धेरै प्रभाव पारेको छ ।माखपन्थ र व्यवहारवाद पनि प्रत्यक्षवाद वा आदर्शवादी अनुभववाद वा व्यक्तिनिष्ठ आदर्शवादका भिन्न रुप नै हुन् ।

 

(घ) नवयथार्थवाद

नवयथार्थवाद सहज यथार्थवादको विकसित रुप हो । सहज यथार्थवाद भौतिकवादको नजिक रहेको छ । तर नवयथार्थवाद भने आदर्शवादमा आधारित बन्न गएको छ । नवयथार्थवादी धाराको विकास गर्नेमा जंग्रेज दार्शनिक जे. एडवर्ड मूर ( सन १८७३ – १९५८) र बर्टेन्ड रसेल लगायतका दार्शनिकहरु रहेका छन् ।

(ङ) अस्तित्ववाद

अस्तित्ववादी धारा बीसौं शताब्दीको एक महत्वपूर्ण दर्शन हो । यो दर्शनलाई ईश्वरवादी र निरीश्वरवादी दुई धारामा विभाजन गर् सकिन्छ ।

 

ईश्वरवादी धारामा फ्रान्सका मार्सेल ( १८८९ – १९७३) , जर्मनीका यास्पर्स (१८८३ – १९६९ ) र रुसका वेर्द्यायेव (२८७४ – १९८४) पर्दछन् भने निरीश्वरवादी धारामा जर्मनीका हाडेगर (१८८९ – १९५६ ) र फ्रान्सका सार्त्र ( १९०५ – १९८० ) रहेका छन् ।अस्तित्ववादले अस्तित्वलाई पहिलो र सारतत्वलाई दोस्रो स्थानमा राख्दछ । यो दर्शन आत्मनिष्ठ आदर्शवादी दर्शन हो ।

 

अस्तित्ववादले व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ र यसलाई चयनको स्वतन्त्रता पनि भनिन्छ । अस्तित्ववादलाई निरासावादलाई निरासावाद र पलायनवादको दर्शन पनि भनिन्छ । अस्तित्ववाद दर्शनमा मात्र होइन , यो साहित्य , कला र सौर्न्दर्य चिन्तनको क्षेत्रमा पनि व्याप्त रहेको छ ।

(च) नवथामसवाद

नवथामसवाद तेह्रौं शताब्दीका दार्शनिक थामस अक्विनासको सिध्दान्तको विकसित रुप हो । यश दर्शनका प्रमुख प्रवर्तक फ्रान्सका दार्शनिक ज्याक मारिटेन ( १८८८ – १९६३) हुन् । यो क्याथोलिक चर्चको दार्शनिक सिध्दान्त र पुरोहितवादी विश्वदृष्टिकोणमा आधारित रहेको छ ।

 

यो दर्शन आस्थावादी रहेको छ ।यसको सामाजिक आदर्श भनेको चर्च हो । यसले इतिहासको निर्माणमा अलौकिक शक्तिको भूमिकालाई मान्दछ । यसले विज्ञान र धर्ममा सामञ्जस्य कायम गर्ने प्रयास गरेको देखिन्छ ।

 

संशोधनवादी दर्शन
(१) पृष्ठभूमि

माक्र्सवादको जन्मसंगै संशोधनवादको जन्म भएको पाइन्छ । अर्थात् पुँजीवादले साम्राज्यवादमा प्रवेश गरेपछि संशोधनवादको जन्म भएको हो। संशोधनवादमा केही हदसम्म अराजकतावाद र मुख्यतः अवसरवाद समिश्रित भएको पाइन्छ ।

 

माक्र्सवादका तीनवटै संघटक अंगहरु दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको तोडमोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो।

 

संशोधनवाद त्यो धारा हो , जसअनुसार माक्र्सवादी – लेनिनवादी – माओवादी सिध्दान्तलाई समर्थन गरेको बाहना गर्दछ तर मालेमावादका आधारभूत मान्यताहरुलाई प्रत्येक्ष वा परोक्ष रुपले तोडमोड गर्ने , तिनको खण्डन गर्ने र विरोध गर्ने तथा माक्र्सवादको रचनात्मक प्रयोगको नाममा माक्र्सवादी – लेनिनवादी – माओवादी मूल्य र मान्यताहरुलाई अस्वीकार गर्ने काम गर्दछ ।

 

अर्थात् वर्गसंघर्ष , सशस्त्र संघर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैध्दान्तिक मान्यताहरुको तोडफोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो ।

 

 

संशोधनवाद भनेको पुँजीवादी विचारधारा हो ।यसको श्रोत निम्न पुँजीवाद हो । संशोधनवाद दक्षिणपन्थी , मध्यपन्थी र उग्रवामपन्थी धारामा विभाजित भएको पाइन्छ ।

 

माक्र्स र एंगेल्सले आफ्नो जीवनकालमा कम्युनिस्ट आन्दोलनमा घुसेका तमाम पुँजीवादी र निम्न पुँजीवादी विचारधाराका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियोे , जसमा प्रुंधो ( १८०९ – १८६५) , बाकुनिन (१८१४ – १८७६) , लासाल ( १८२५ – १८६४) तथा ड्युहरिंग(१८३३ – १९२१) सहित तिनका पक्षधरहरुका विचार प्रमुख रहेका छन् ।

 

सन १८९५ मा एंगेल्सको मृत्यु भयो । त्यस पश्चात् एडवर्ड बर्नस्टिन ( १८५० – १९३४ ) ले संशोधनवादको स्थापना गरे । बर्नस्टिनलाई शास्त्रीय संशोधनवादका पिता भनिन्छ ।

 

 

यश विषयमा लेनिनले आफ्नो प्रसिद्ध पुस्तक “ माक्र्सवाद र संशोधनवाद “ मा लेख्नुभएको छ , “ भूतपूर्व कट्टर माक्र्सवादी बर्नस्टिनले अधिकतम अभिव्यक्तिका साथै खुला रुपमा यो प्रवृत्तिलाई आफ्नो नाम प्रदान गरे ।“ संशोधनजादको वर्गीय जरा निम्न पुँजीवाद हो र यसले पुँजीवादको सेवा गर्दछ ।

 

निकिता ख्रुश्चोवले आधुनिक संशोधनवादको स्थापना गरे । यसका विरुद्ध कमरेड माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र महान् बहस सञ्चालन गर्नु भयो । र, चीनमा दस वर्षसम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो । रुस र चीनमा प्रतिक्रान्ति भयो । यसको असर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूलो असर पर्यो ।

 

संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हुनुका कारण नेपाल पनि प्रभावित हुदै आएको छ । नेपालमा बहुलवादी संशोधनवाद , जडसूत्रीय संशोधनवाद तथा नवसंशोधनवाद प्रकट हुदै मात्र आएको छैन , यसले नेपाली कम्युनिस्ट आन्दोलन भित्र बलियो रुपमा जरा गाड्दै आएको छ । दक्षिणपन्थी संशोधनवाद महान् नेपाली क्रान्तिका सामु प्रमुख बाधकका रुपमा खडा हुदै आएको छ ।

 

संशोधनवादको दार्शनिक सिध्दान्त :

दर्शनमा आदर्शवाद र भौतिकवाद बीचका विभिन्न धाराहरु भए झै संशोधनवादको दार्शनिक सिध्दान्तमा पनि पाइन्छ । संशोधनवादको दार्शनिक सिध्दान्त प्रत्येक्षवाद र अज्ञेयवादमा आधारित रहेको छ ।

 

 

यश विषयमा लेनिनले आफ्नो प्रसिद्ध पुस्तक “ भौतिकवाद र अनुभवसिध्द आलोचना “ स्पष्ट पार्नु भएको छसंशोधनवादको दार्शनिक सिध्दान्त मूलतः संशोधनवादी दर्शनसंग सम्बन्धित छ ।

 

ज्ञानसिध्दान्तका क्षेत्रमा संशोधनवाद मूलतः तीन रुपमा प्रकट भएको पाइन्छ , जस्तै : जडसूत्रवाद , अनुभववाद वा व्यवहारवाद र वितण्डावाद । द्वन्द्वात्मक भौतिकवाद यी तीनवटै गलत चिन्तनको विरोधी रहेको छ ।

 

संशोधनवादको दार्शनिक पध्दति :

संशोधनवादीहरुको विश्वदृष्टिकोण अधिभूतवादी विश्वदृष्टिकोण हो । संशोधनवादी दर्शनको दार्शनिक पध्दतिको आधारभूमी अधिभूतवाद हो । दार्शनिक पध्दतिको क्षेत्रमा दक्षिणपन्थी संशोधनवादले क्रान्तिकारी द्वन्द्ववादको विरोधमा भँडुवा विकासवाद र शान्तिपूर्ण विकासको पक्षपोषण गर्दछ ।

 

क्रान्ति वा रुपान्तरणको सन्दर्भमा दक्षिणपन्थी अवसरवादले क्रमिक विकास तथा शान्तिपूर्ण विकास वा मात्रात्मक परिवर्तनमा मात्र जोड दिन्छ भने वामपन्थी अवसरवादले गुणात्मक विकास वा छलाङ्गको पक्षपोषण गर्दछ ।

 

दक्षिणपन्थी अवसरवादले क्रान्तिकारी परिस्थितिको निर्माण भइसक्दा पनि क्रान्ति सम्पन्न गर्न चाहदैन भने वामपन्थी अवसरवादले क्रान्तिकारी परिस्थितिको अभावमा पनि क्रान्तिकारी सम्पन्न गर्ने कुरा गर्दछ । क्रान्तिका लागि यी दुबै दृष्टिकोणका विरुद्ध संघर्ष गर्न आवश्यक हुन्छ ।

 

मध्यपन्थी अवसरवाद क्रान्तिकारी तथा अवसरवादी धाराका बीच डोलायमान हुने गर्दछ र अन्ततः त्यसले दक्षिणपन्थी अवसरवादकै बाटो पकड्दछ ।

 

दार्शनिक पध्दतिको क्षेत्रमा संशोधनवादका मूलतः तीन प्रकारका विशेषता हुने गर्दछन् , ती हुन् – एकमनावाद , बहुलवाद , र सारसंग्रहवाद । भौतिकवादी द्वन्द्ववाद यी तीनवटै गलत चिन्तनको विरोधी रहेको छ ।

ऐतिहासिक भौतिकवाद

माक्र्सवादले इतिहासको भौतिकवादी अध्ययनका आधारमा वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना हुने निष्कर्ष निकाल्ने काम गर्दछ । तर संशोधनवादले यस प्रकारको माक्र्सवादी मान्यताको विरोधमा रहेको छ ।

 

माक्र्सवाद सर्वहारावर्गको अधिनायकत्वको पक्षमा छ । तर यसको विपरीत संशोधनवादले सर्वहारावर्गको अधिनायकत्वको विरोध र सबैका लागि लोकतन्त्रको कुरा गर्दछ ।

 

आधुनिक तथा नव– संशोधनवाद

माक्र्सवादको विकाससंगै संशोधनवादको पनि विकास हुदै आएको छ । संशोधनवादले विभिन्न रुप र रंगले आफ्नो कलेभर फेर्दै आएको छ । संशोधनवादले ख्रुश्चोवमा पुगेर एउटा उत्कर्ष प्राप्त गर्न पुगेको हो ।

 

 

ख्रुश्चोवले सर्वहारावर्गको कम्युनिस्ट पार्टीलाई सम्पूर्ण जनताको पार्टी , सर्वहारावर्गको अधिनायकत्वमा आधारित राज्यलाई सम्पूर्ण जनताको राज्य र सशस्त्र संघर्षको सिध्दान्तलाई शान्तिपूर्ण संक्रमणको सिध्दान्तमा गिराउने काम गरे । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोवकोनव – संशोधनवादको डटेर विरोध गरेको थियो ।

 

दार्शनिक फाँटमा एडवर्ड बर्नर्स्टिटनबाट शुरु भएको संशोधनवादले मिलेराँ, काउत्स्की , ख्रुश्चोव , लिउ साँ ची आदि हुदै युरो – कम्युनिज्ममा चरम रुप लिन पुग्यो ।

 

आधुनिक संशोधनवादले आफ्नो कलेवर फेर्दै गयो र त्यसले नवसंशोधनवादको रुप लिन पुग्यो । ठिक त्यसैबेला माओको नेतृत्वमा समाजजादी क्रान्तिमा संलग्न चीनमा संशोधनवादलाई नयाँ ढंगले परिभाषित गर्ने काम गरिएको थियोे ।

 

नेपालमा संशोधनवाद

संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हुनुको कारण त्यसको प्रभाव नेपालमा पर्नु स्वाभाविकै थियोे र पर्यो पनि । बि. सं. २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । २०१० देखि नै नेपालमा संशोधनवादको थालनी भएको पाइन्छ ।

 

 

पहिलो महाधिवेशनबाट निर्वाचित महामन्त्री मनमोहन अधिकारीद्वारा विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी भित्र संशोधनवादलाई घुसाएको पाइन्छ ।

 

नेपालमा अहिलेसम्म आइपुग्दा बहुदलिय संशोधनवाद , जडसूत्रीय संशोधनवाद , दक्षिणपन्थी संशोधनवाद र नवसंशोधनवादको विकास हुदै आएको छ ।

 

नेपालमा अहिले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै नवसंशोधनवादमा पुगेर प्रतिक्रियावादमा पतन हुन पुगेका छन्, भने नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) , विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा क्रियाशील छन् । र, महान् क्रान्तिको तयारीमा जुटिरहेका छन् ।

 

नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरूद्वारा सबैखाले संशोधनवादको विरोध र माक्र्सवादको पक्षमा क्रान्तिलाई अगाडि बढाउने काम हुँदै आएको छ ।

 

नेपाली कम्युनिस्ट आन्दोलनको यो ७३ वर्षको लामो इतिहासमा खासग नेपालमा संशोधनवादको विस्तृत अध्ययन गर्न आवश्यक छ र परास्त गर्न भीषण वैचारिक संघर्ष सञ्चालन गर्न जरुरी छ ।

 

फ्रेंकफुर्ट स्कुलदेखि उत्तर आधुनिकवादसम्म

संशोधनवादले विविध कलेभर फेर्नेक्रममा फ्रेंकफुर्ट स्कुलदेखि उत्तर आधुनिकवादसम्मका विचारहरु निम्न पुँजीवाद , पुँजीवाद र माक्र्सवादी विचारधाराको घोलका रुपमा देखा पर्दै आएको छन् । यसप्रकारका विचारहरु मूलतः क्रान्तिकारी माक्र्सवाद सर्वहारावर्गको मुक्तिको विरोध र साम्राज्यवादका पक्षमा रहेका छन् ।

 

यी मध्ये कतिपय दार्शनिक धारालाई नववाम , नव माक्र्सवादी वा उत्तर माक्र्सवादी पनि भन्ने गरिन्छ । तर वास्तविक अर्थमा ती निम्न पुँजीवादी तथा पुँजीवादी विचारधाराका पक्षपोषक र साम्राज्यवादका सेवक बाहेक अरु केही पनि होइनन् ।

 

(क) फ्रेंकफुर्ट स्कुल

फ्रेंकफुर्ट स्कुल जर्मनीको फ्रेंकफुर्ट विश्वविद्यालयमा स्थापना गरिएको एक सामाजिक अनुसन्धानमूलक संस्था हो । सन १९२३ देखि १९३३ का बीच यो स्कुल विकसित भएको थियो ।

 

फ्रेंकफुर्ट स्कुलका प्रमुख चिन्तकहरुमा म्याक्स होर्खेइमर ( १८९५ – १९७३ ) , थियोेडोर अर्डोनो ( १९०३ – १९६९ ) , हर्बर्ट म्याकुर्ज ( १८९८ – १९७९) आदि रहेका छन् ।

 

यो स्कुलले माक्र्सवाद , समाजशास्त्र , दर्शन ,संस्कृति जस्ता विषयमा अध्ययन र अनुसन्धान गर्ने नाममा तिनलाई विकृत तुल्याउने काम गर्दै आएको हो ।

 

विशेषगरी फ्रेंकफुर्ट स्कुल माक्र्सवाद , शून्यवाद , फ्रायडवाद , हेगेलवाद र अस्तित्ववाद मिलेर बनेको सारसंग्रहवादी स्कुल हो । यश स्कुलका मुख्य मान्यताहरुमा – समाजको आलोचनात्मक सिध्दान्त , निषेधात्मक द्वन्द्ववाद , शून्यवाद , युटोपियाको अवधारणा र सारमा माक्र्सवाद तथा रुपमा पुँजीवादको पनि विरोधी रहेको छ । फ्रेंकफुर्ट स्कुल मूलतः निरासावादी रहेको छ ।

 

तत्वमीमांसा ( ज्ञानसिधदान्त ) का क्षेत्रमा फ्रंकफुर्ट स्कुल हेगेलको आदर्शवाद र नित्सेको शून्यवादबाट प्रभावित रहेको छ । यो स्कुलको आलोचनात्मक सिध्दान्तले न भौतिकवाद नत आदर्शवादलाई नै प्राथमिक मान्दछ । सारमा यो स्कुल आदर्शवादी रहेको छ ।

(ख) संरचनावादी माक्र्सवाद

यहाँ संरचनावादी माक्र्सवाद भनेको माक्र्सवादलाई भाषावादी वा जैविक संरचनावादका आधारमा अध्ययन गर्ने भन्ने रहेको छ । संरचनावादी माक्र्सवादका मुख्य प्रतिनिधि लुइस अल्थ्युसर र जैविक संरचनावादका मुख्य प्रतिनिधि लुसिँए गोल्डमानलाई लिइन्छ ।

 

अन्ततः अल्थ्युसरले माक्र्सवादलाई विकृत तुल्याउने काम गरेका छन् । गोल्डमानले माक्र्सवाद र संरचनावादलाई मिलाएर उत्पतिमूलक संरचनावादको निर्माण गरेका छन् ।

 

उनले सर्वहारावर्गको विश्वदृष्टिकोणका रुपमा माक्र्सवादको परित्याग गरि मानवतावादको पक्षपोषण गरेका छन् । उनले साहित्यको विश्लेषणका लागि माक्र्सवाद , फ्रायडवाद , संरचनावाद र समाजशास्त्रलाई मिलाउने कुरामा जोड दिएका छन् ।

 

(ग) साँस्कृतिक भौतिकवाद

सन १९८० तिर बेलायतमा साँस्कृतिक भौतिकवादको अवधारणा विशेष चर्चामा आएको पाइन्छ । यो अवधारणाका प्रमुख प्रवक्ता दार्शनिक रेमण्ड विलियम्स ( १९२ – १९८८) हुन् । उनको भनाइमा साँस्कृतिक भौतिकवाद भनेको सामाजिक र भौतिक उत्पादन प्रक्रिया , विशिष्ट व्यवहार कलाका रुपमा संस्कृतिको सिध्दान्त हो ।

 

 

उनले “ साँस्कृतिक भौतिकवाद “ लाई ऐतिहासिक भौतिकवाद अन्तर्गतको भौतिक , साँस्कृतिक र साहित्यिक उत्पादनका विशिष्टताहरुको सिध्दान्त “ बताएका छन् । उनको विचारमा त्यही नै माक्र्सवादी सिध्दान्त हो ।

 

 

माक्र्सवादी दर्शनमा साँस्कृतिक भौतिकवाद पदावलीको प्रयोग भएको छ , त्यो माक्र्सवादको विकृतिकरण नै हो। किनकि यसले माक्र्सवादलाई विकृतिकरणमा गिराउने काम गरेकाे छ।

 

(घ) उत्तर माक्र्सवाद

उत्तर माक्र्सवादी चिन्तन माक्र्सवाद पुरानो भयो , माक्र्सवाद काम नलाग्ने भइसक्यो , अब माक्र्सवादको औचित्य समाप्त भइसक्यो भन्ने हो । उत्तरको अर्थ हो समाप्ति । यसरी हेर्दा उत्तरआधुनिकतावादको जगमा उत्तर माक्र्सवादको विकास भएको पाइन्छ ।

 

 

मूलतः उत्तर माक्र्सवादले माक्र्सवाद रुढीबादी , पुरानो र काम नलाग्ने भइसकेको भन्दै आमूलवादी तथा बहुलवादी प्रजातन्त्रको पक्षपोषण गर्दछ र यसले वर्गीय समाजमा वर्गको निषेध गरि पहिचाहनको राजनीतिलाई अंगालेको छ। उत्तर माक्र्सवादले सर्वहारा वर्गीय आन्दोलनलाई कम्जोर पार्ने र जातीय आन्दोलनलाई बलियो बनाउने काम गर्दछ ।

 

उत्तर माक्र्सवादका प्रमुख चिन्तकहरुमा फ्रेडरिक जेमसन र टेरी इगलटन हुन् । फ्रेडरिक जेमसन ( १९३४ ) अमेरिकी चिन्तक हुन् । उनले उत्तर आधुनिकवादको विरोध गर्ने सन्दर्भमा आफुलाई माक्र्सवादी देखाउने प्रयास गरेका छन् ।

 

टेरी इगलटन ( १९४३) बेलायतका एक प्रमुख वाम चिन्तक तथा समालोचक मानिन्छन् । उनी एकातिर फ्रेंकफुर्ट स्कुलदेखि विकसित हुदै आएको नववामपन्थ तथा उत्तर आधुनिकतावादद्वारा प्रभावित देखिन्छन् भने अर्कोतिर उनी उत्तर आधुनिकतावादका विरोधी पनि रहेका छन् ।

 

(ङ) उत्तर – आधुनिकतावाद

उत्तर – आधुनिकतावादी दर्शन समाजशास्त्र , साहित्य , कला , सौर्न्दर्यशास्त्र भाषाविज्ञान लगायतका क्षेत्रमा फैलिएको पाइन्छ । उत्तर आधुनिकतावाद साम्राज्यवादी विचारधाराको एउटा रुप हो ।

 

उत्तर – आधुनिकतावाद आधुनिकतावाद र विशेषगरी माक्र्सवादको विरोधी रहेको छ । उत्तर – आधुनिकतावादका प्रमुख विचारकहरुमा – मिशेल फुको ( १९१६ – १९८४) , ल्योत्यार्द ( १९२६ – १९९८), ज्याँ बोडिलार्ड (२९२९) र ज्याक् डोरिडा (१९३० – २००४) रहेका छन् । यी मध्ये केन्द्रीय स्थानमा डेरिडा रहेका छन् ।

 

 

ज्ञानसिध्दान्तका क्षेत्रमा उत्तर – आधुनिकतावादीहरु अतर्कबुधिदवादी तथा अज्ञेयवादी रहेका छन् र उत्तर आधुनिकताजाद ऐतिहासिक भौतिकवादको विरोधमा खडा हुदै आएको छ ।

 

उत्तर–आधुनिकतावादी नारीवादी आन्दोलन पनि जोडिएको छ । नारीवादी आन्दोलनको थालनी पश्चिममा फ्रान्स , बेलायत र अमेरिका लगायतका देशहरूमा भएको पाइन्छ । नारीवादी आन्दोलनका मुख्यतः तीन धारा रहेका छन् – उदारवादी , आमूलवादी र माक्र्सवादी । उत्तर – आधुनिकतावादसित उत्तर उपनिवेशवाद पनि जोडिएको छ ।

 

 

उत्तर – आौपनिवेशिक चिन्तन पध्दति अनुसार सर्वहारावर्गको भूमिका समाप्त भइसकेको छ र त्यो ठाउँ किनारमा पारिएका मानिस , आप्रवासी र जातीय बुध्दिजीविहरु र महिलाहरुले लिन पुगेका छन् ।

 

समग्रमा उत्तर – उपनिवेशवादीहरु आजको भूमण्डलीकृत विश्व अवस्थामा उत्पीडित मुलुकहरुको पहिचान समाप्त भएको छ र उत्पीडित राष्ट्रहरु असहाय एवम् दुर्बल बन्न गएका छन् । अब उत्पीडित राष्ट्रहरुको मुक्ति संभव छैन भन्नेमा रहेका छन् ।

 

आज विज्ञान र प्रविधिको क्षेत्रमा अपूर्व प्रगति र क्रान्ति भएको छ । तर उत्तर – आधुनिकतावादीहरु यो प्रगति र क्रान्तिलाई उल्टो कोणबाट व्याख्या गर्दछन् ।

 

 

उनीहरूका दृष्टिमा अब मानिस प्रविधिको दास बन्न पुगेको छ र मानिसलाई प्रविधिले विस्थापित गरिसकेको छ । इतिहासको निर्माता मानिस होइनन् र प्रविधि नै सबैथोक हो । उनीहरूको यो विचार ऐतिहासिक भौतिकवाद विरोधी रहेको छ र यसलाई नियत्ववादका रुपमा लिन सकिन्छ ।

 

 

यसप्रतिको प्राविधिक नियत्ववाद उत्तर – आौद्योगिक समाज , विचारधाराको अन्त्य , मानिसको अन्त्य जस्ता उत्तर – आधुनिकतावादी चिन्तनमा आधारित रहेको छ ।

 

 

माक्र्सवाद यसप्रकारको प्राविधिक नियत्ववादको विरोधी रहेको छ र त्यसले मानिसका सामाजिक तथा उत्पादनमूलक गतिविधिहरुमा समाज विकासका नियम खोज्ने गर्दछ ।

 

 

माक्र्सवादले इतिहासको निर्माणमा प्रविधि होइन मानिसलाई मुख्य मान्दछ । समग्रमा भनणनुपर्दा उत्तर – आधुनिकतावाद यथार्थ विचारधारा , इतिहास र मानव जातिकै विरोधी रहेको छ ।

 

नेपालमा पनि उत्तर – आधुनिकतावादले बलियो जराहरु गाड्दै आएको छ र नेपाली समाजमा निकै मौलाएको छ । र नेपालमा यसप्रकारको उत्तर – आधुनिकतावादको सशक्त रुपमा विरोध र वैचारिक संघर्ष हुँदै आएको छ ।

माक्र्सवादको विकास र वैज्ञानिक समाजवादको भविष्य
(१) माक्र्सवादको विकास

कार्ल माक्र्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा माक्र्सवादको प्रतिपादन भएको आज १७३ वर्ष पुरा भइसकेको छ। यस ऐतिहासिक अबधिमा माक्र्सवाद विज्ञान भएका कारण धेरै विकसित भइसकेको छ ।

 

तसर्थ आज सर्वहारावर्गले आफ्नो वर्गीय मुक्तिको सिध्दान्तको प्रतिपादन र यसको विकासका कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरिसकेको छ , ती चरण हुन – माक्र्सवादी चरण , लेनिनवादी चरण र माओवादी चरण । अतः सर्वहारावर्गको मुक्तिको सिध्दान्तको जन्म र विकासका दृष्टिले यी तीनवटै चरणको विशेष ऐतिहासिक महत्व रहेको छ ।

 

सन १८४८ मा माक्र्स र एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको थियोे । अर्थात् माक्र्सवादको जन्म पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो । माक्र्सले जर्मन शास्त्रीय दर्शन ,अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो ।

 

 

माक्र्सवाद विश्व क्रान्तिको इतिहासमा एक युगान्तकारी तथा ऐतिहासिक परिघटना थियोे । यसका साथै लेनिनवादी तथा माओवादी चरणमा पनि यसप्रकारको सिध्दान्तका तीनवटै संघटक अंगको विकास गर्ने काम भएको छ ।

 

तत्कालीन विश्व परिस्थितिमा माक्र्स – एंगेल्सले सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति एउटा देशमा मात्रै नभएर इङ्गल्याण्ड , फ्रान्स , जर्मनी जस्ता आौद्योगिक विकास भएका देशहरूमा एकसाथ हुने कुरा बताउनुभएको थियो ।

 

 

तर लेनिनले साम्राज्यवादको उदयकको स्थितिमा ध्यान दिदै त्यसको अनिवार्य परिणाम युध्द हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न सक्ने स्थितिको विश्लेषण गर्दै एउटा देशमा समाजवादको जीत हुन सक्तछ भन्ने मान्यता प्रस्तुत गर्नु भयो र आफ्नै नेतृत्वमा रुसमा सशस्त्र जनविद्रोह मार्फत सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) मा महा् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरिएको थियोे । र , लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो ।

 

यसै प्रक्रियामा समग्रमा भन्नुपर्दा लेनिनवाद माक्र्सवादको प्रयोग र विकास मात्र होइन सिध्दान्त र व्यवहारबीच द्वन्द्वात्मकता कायम गरि विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि शानदार रुपमा सफल रहेको छ ।

 

त्यसैगरी माओ त्सेतुङको नेतृत्वमा अर्धसामन्ती र अर्धआौपनिवेशिक अवस्थामा रहेको चीनमा सन १९४९ अक्टोबर १ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गरिएको थियोे र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइएको थियो ।

 

अर्धसामन्ती तथा अर्धआौपनिवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तरता दिदै महान् सर्वहारा साँस्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा माओद्वारा प्रतिपादित माओवाद चीनमा मात्र होइन , विश्व क्रान्तिकै लागि समेत माओवादको विशिष्ट स्थान र योगदान रहेको छ ।

(२) दर्शनको फाँटमा माक्र्स – एंगेल्स , लेनिन र माओको योगदान

दार्शनिक फाँटमा माक्र्स – एंगेल्स , लेनिन र माओको अतुलनीय योगदान रहेको छ । माक्र्स – एंगेल्सले आदर्शवाद र अधिभूतवादका विरुद्ध भीषण संघर्ष गर्दै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जुन विकास गर्नु भयो त्यसको विश्व कम्युनिस्ट आन्दोलनमा युगान्तकारी महत्व रहेको छ ।

 

माक्र्सवादले दर्शनलाई प्रकृति , समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानका रुपमा गुणात्मक ढंगले विकसित तुल्याउने काम गरेको छ ।

 

 

यी कुराहरु लेखिरहदा दर्शनको ऐतिहासिक कार्यभारको कुरा आउँछ , त्यो भनेको दर्शनको ऐतिहासिक कार्यभार दुनियाँ बुझ्नु मात्र नभई मुख्यतः बदल्नु हो बन्न गएको छ ।

 

 

क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवादी दर्शनको अध्ययन गर्दा माक्र्स – एंगेल्सद्वारा रचित पवित्र परिवार , दर्शनको निर्धनता , फायरवाखको निबन्ध ,कम्युनिस्ट घोषणापत्र , राजनीतिक अर्थशास्त्रको समीक्षाको एक प्रयास सम्बन्धि भूमिका , पुँजी प्रथम खण्डको भूमिका , फ्रान्समा वर्गयुब्द , लुई बोनापार्टको अठारौं ब्रुमेर , फ्रान्समा गृहयुद्ध , लुडविक फायरवाख , प्रकृतिको द्वन्द्ववाद , ड्युहरिङ्ग – मतखण्डन लगायतका पुस्तकहरुमाथि विशेष ध्यान दिएर पढ्न जरुरी छ ।

 

 

साथै माक्र्सवादी दर्शनलाई माक्र्सवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा जोडेर अध्ययन गर्न र बुझ्न आवश्यक हुन्छ।

 

त्यस्तै लेनिनद्वारा रचित – के गर्ने ?  कार्ल माक्र्स , माक्र्सवाद र संशोधनवाद , जुझारु भौतिकवाद , भौतिकवाद र अनुभवसिध्द आलोचना र दार्शनिक नोटबुक ।

 

त्यस्तै कमरेड माओद्वारा रचित – व्यवहारवारे , अन्तर्विरोधबारे , जनताको बीचका अन्तर्विरोधहरुको सही सञ्चालन , सही विचार कहाँबाट आउँछ ? आदि रहेका छन् ।

 

(३) माक्र्सवादमाथि लगाइएका विभिन्न आरोपहरु

सन १८४८ मा माक्र्सवादको जन्म भयो । माक्र्सवादको जन्मसंगै तमाम प्रतिक्रियावादी तथा अवसरवादीहरुद्वारा माक्र्सवादमाथि अनेकौं अनर्गल तथा झुटा आरोपहरु लगाउने काम हुदै आएको छ ।

 

विशेषगरी ती आरोपहरु यी हुन् – जडसूत्रवादी माक्र्सवाद , अधिभूतवाद , आर्थिक निर्धारणवाद ,एकदलीय अधिनायकवाद , सर्वसत्तावाद र रुढीबादी माक्र्सवाद आदि रहेका छन्।

 

यी आरोपहरुको माक्र्स – एंगेल्स , लेनिन , स्टालिन , माओ, हो ची मिन्ह लगायतका विश्व कम्युनिस्ट आन्दोलन महान् नेताहरु र विश्वभरका क्रान्तिकारीहरुले विरोध गर्दै माक्र्सवादको रक्षा , प्रयोग र विकास गर्ने काम हुदै आएको छ ।

(४) आजको युग र वैज्ञानिक समाजवादको भविष्य
आजको युग भूम्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । सोभियत संघ , चीन लगायत विश्वका कतिपय देशहरूमा सञ्चालन आएका समाजवादी देशहरूमा क्रान्ति पश्चात् विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । त्यो अवस्था अहिलेसम्म पनि यथावत छ ।

 

आज वैज्ञानिक तथा प्राविधिक क्रान्ति उत्पादन शक्तिको विकासले क्रान्तिकारी शक्तिको विकास भएको छ । एक ध्रुवीय अमेरिकी साम्राज्यवाद बहुध्रवीय हुन पुगेको छ ।

 

 

पुँजीवादी तथा साम्राज्यवादीहरुबीच वित्तीय संकट पैदा भएको अवस्था छ र यसले उनीहरूका बीचमा संरक्षणवादको संकट समेत पैदा भएको अवस्था छ ।साथै आज विश्व मानव समुदायमा साम्राज्यवाद विरोधी भावनाको विकास भएको छ ।

 

एकातिर यसप्रकारको अवस्था छ भने अर्कोतिर क्रान्ति र मुक्तिका सचेतन प्रयासहरु पनि भइरहेका छन् । आज उत्पीडित मुलुकहरुका जनताले दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवर्ग र साम्राज्यवाद तथा विस्तारवादका विरोधमा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउदै आएका छन् ।

 

 

साथै उत्पीडित मुलुकहरुले साम्राज्यवादको विरोध र राष्ट्रिय मुक्तिको पक्षमा सशक्त रुपमा आवाज उठाउँदै आइरहेका छन् ।यसरी आज विश्वका जनताका लागि वैज्ञानिक समाजवाद नै मुक्त र सुन्दर भविष्यको एक मात्र आशाको केन्द्र बन्न गएको छ ।

 

नेपाल , टर्की , फिलिपिन्स , पेरु , फ्रान्स , जर्मनी , नेदरल्यान्ड , भेनेजुयला, अफगानिस्तान आदि देशहरूका माओवादी क्रान्तिकारीहरुले नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेका छन् भने भारतमा भाकपा (माओवादी) केही वर्ष पहिलेदेखि सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ ।

निचोड :

यी माथिका उपर्यक्त तथ्यहरुबाट के निष्कर्षमा पुग्न सकिन्छ भने वैज्ञानिक समाजवादको भविष्य समुज्ल छ । आजको एकाइसौ शताब्दीका विश्वका सचेत जनसमुदायको आशा तथा आदर्श र संकटग्रस्त साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवाद बाहेक अरु केही हुन सक्तैन ।

 

 

बुढानिलकण्ठ नगरपालिका – २ , काठमाडौं
(लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )