महिला यौनाङ्गको सरसरफाई गर्ने यस्ता छन् ८ तरिका

काठमाडौ। हाम्रो समाजमा महिलाहरुले खुलेर आफ्नो यौन सम्बन्धित समस्या बाहिर ल्याउन सकेका छैनन् । योनीको समस्या सम्बन्धित जानकारी कतिलाई थाहा पनि हुँदैन र आफ्नो समस्या बाहिर ल्याउन नसक्दा उनीहरु यौन सम्बन्धित रोग को उपचार बाट बन्चित भै यौन रोग को ठुलो समस्या झेल्न बाध्य भै रहेका पनि छन् ।

 

 

प्राय धेरै जसो महिलाहरुको योनीको समस्या मध्य सबै भन्दा बढी देखिने समस्या हो योनि बाट खराब गन्ध आउनु र सेतो पानि बग्नु । हो, योनि बाट गन्ध आउँनु सामान्य कुरा हो तर सामान्य भन्दा पनि बढी गन्ध आउनु यो भयानक रोग को संकेत पनि हुन सक्दछ ।

 

 

यदि तपाइको योनि बाट अत्यधिक गन्ध आइरहेको छ भने चाडै डाक्टर संग सल्लाह लिन जरुरी हुन्छ ।

 

 

बास्तवमा योनिको बाहिरि भाग पातलो नरम छालाले र भित्रि भाग पातलो नरम मांसपेसी निर्मित हुन्छ ।सामान्यतया यस्ले तीनवटा काम गर्दछ ।

 

 

रज्वस्वलाकोबेला रगतलाई बाहिर निकाल्नु,शारीरिक सम्र्पकको बेला यौन सम्र्पकमा सहभागी हुनु र सन्तान जन्माउने समयमा शिशुलाई बाहिर निकाल्नु यसबाहेक पिसाव नलिले पिसावलाई बाहिर निष्कासन गर्नु पनि हो।

यस्ता छन् योनि सफा गर्ने तरिका

१-एक दिन लगाएको पेन्टि अर्कोदिन नलगाउने अर्थात सफा गरेर मात्र प्रयोग गर्ने।

 

 

२-प्रत्येक दिन विहान र वेलुका साबुन पानीले सफा गर्ने ।

 

 

३-योनीलाई हप्ताको एकदिन डिटोल पानीले सफा गर्ने।

 

 

४-रज्वस्वलाको समयमा एउटै प्याडलाई धेरै समय नलगाउने । फेर्ने र पटक पटक सफा गर्ने।

 

 

५-सुत्केरीको समयमा एउटै प्याडलाई धेरै समय नलगाउने । फेर्ने र पटक पटक सफा गर्दा मन तातो पानी प्रयोग गर्ने किनकि यस्तोबेला (छिट्टै चिसो लाग्ने संभावना रहन्छ।

 

 

६-पानीले सफा गरेको योनी वरिपरि गर्मीको समयमा पाउडर र जाडोको समयमा तोरीको तेल प्रयोग गर्दा पनि यसलाई सफा साख्न सकिन्छ ।

 

 

७-सधैं अगाडि(योनिमार्गतिर) बाट पछाडि ९मलद्वार० तिर पखाल्नुपर्छ । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्ग तथा पिसाब नलीमा जानबाट रोक्छ ।

 

 

८-योनिमार्गबाट निस्कने हल्का चिल्लो पदार्थले योनिमार्गलाई स्वस्थ राख्न मद्दत गर्ने भएकाले त्यसलाई धेरै पखाल्ने काम गर्नु वा त्यसका सम्बन्धमा चिन्ता लिनु हुँदैन ।