किन आउँछ डन्डिफोर,कसरी बच्ने यसबाट,यस्ता छन्,डन्डिफोर हटाउने घरेलु उपायहरु

काठमाडौ,जेठ १७। किशोर अवस्थामा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ । यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ । हाम्रो छालामा स-साना रोम-छिद्र हुन्छ ।

 

त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ । र, स-सना फोका उठ्ने, घाउ बन्ने हुन्छ । यस्तो समस्या तैलिया छाला भएकाहरुमा बढी देखिन्छ । यद्यपी कतिपयमा भने तैलिया छाला नभएपनि डन्डिफोर आउन सक्छ ।

 

डन्डिफोर हटाउने घरेलु उपायहरु यस प्रकार रहेका छन् ।

 

मसुरोको दाल- मसुरको दाल डन्डिफोर हटाउन समेत उपयोगी हुन्छ । यसका निम्ति मसुरोको दाललाई पानीमा भिजाएर पिस्नुपर्छ ।

 

 

उक्त पेस्टमा एक चुट्की बेसार मिलाउने । अब त्यसलाई राम्ररी अनुहारमा लगाउनुपर्छ । केहि समयपछि सफा पानीले पखाल्नुपर्छ ।

 

 

बेसार र बेसनको फेस प्याक-२ चम्चा बेसनमा एक चौथाई चम्चा बेसार मिलाउने । त्यसमा गुलाब जल र काँचो दुध मिसाएर पेस्ट तयार गर्ने ।

 

 

यदि अनुहार तैलिया छ भने दुधको ठाउँमा पानी पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारमा दिनहुँ लगाउनुपर्छ, डन्डिफोरको समस्याबाट मुक्ति पाइन्छ ।

 

 

बरफ- आइसक्युव अर्थात बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ । आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तिब्र हुन्छ ।

 

 

मह-मह एक उत्कृष्ट उत्पादन हो, जसले डन्डिफोरबाट तुरुन्तै आरम दिन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ ।

 

 

कागती– सौन्दर्यका लागि कागती उत्कृष्ट विकल्प हो । यसमा भिटामिन सि पाइन्छ । कागतीको रस प्रयोग गरेर अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाइन्छ ।

 

 

चामल- रातभर एक कप चामल भिजाएर राख्ने । बिहान पानी छानेर पिस्ने । त्यसमा केहि थोपा कागतीको रस चुहाइदिने । उक्त लेप डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ, ठीक हुन्छ ।

 

कसरी बच्ने  

सफा पानीले दिनमा दुईपटक अनुहार सफा गर्न सकिन्छ। ग्रन्थीमा तैलिय पदार्थ बाहिर निस्कनबाट जोगाउन समयसमयमा सफा गर्नु राम्रो हुन्छ। स्वस्थ खानपानमा जोड दिनुपर्छ। सकेसम्म चिल्लो खानेकुराबाट टाढै बस्नुपर्छ।

 

 

फलफूल तथा हरिया सागसब्जी र पानी प्रशस्त मात्रामा खानुपर्छ। सुरुसुरुमा डन्डिफोर आउदा उपचार गरिहाल्नु हुँदैन। तर, हेलचेक्र्याइँका कारण अन्य ठाउँमा संक्रमण हुने भएकाले सावधान हुन जरुरी छ।

 

 

कतिपय डन्डिफोर आफैँ निको भएर जान्छ। त्यसैले डन्डिफोर कहिल्यै पनि निचोर्नु र फुटाउनु हुँदैन। फुटाउँदा डन्डिफोरको पानी सर्न गई अर्को ठाउँमा पनि आउने सम्भावना हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा छालारोग विशेषज्ञ डा।अनिलकुमार दासले लेखेका छन्।