नेपालमा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि,थप ११४ जना संक्रमितको मृत्यु

काठमाडौं,जेठ १७। नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।

 

देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन्।

 

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर थप ११४ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ४९१ जना संक्रमित निको भएका छन्।