ओली पक्षीय सांसदले स्पष्टीकरणको जवाफ नदिएपछि,नेपाल पक्षयले दियो कारबाहीको चेतावनी (पत्रसहित)

काठमाडौं,जेठ १७ । एमालेका दुइ पक्ष विच जुहारी नै चलेकाे छ,ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णयलाई चुनौती दिँदै सुदूरपश्चिम सरकारमा सहभागी भएका प्रकाशबहादुर शाहले प्रदेश सांसद पठानसिंह बोहरालाई कारबाहीको चेतावनी दिएका छन् ।

 

 

स्पष्टीकरणको जवाफ नदिएपछि शाहले संसदीय दलको नेताका हैसियतले कारबाहीको चेतावनी दिएका हुन् । ओली पक्षीय प्रदेश कमिटीले शाहसहित तीन जनालाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेकाे छ।

 

 

ओली पक्षबाट निकालिएका उनै शाहले बोहोरालाई कारबाहीको चेतावनी दिएका हुन् । प्रदेशको संसदीय दलमा नेपाल पक्षको बहुमत रहेकाे छ ।