काठमाडौं उपत्यकामा मात्र १४५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ १९। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्।

 

 थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

 

 

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्।

 

 

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ७ हजार २१९ जना संक्रमित निको भएका छन्।