नेपाल र चाईनिज ताईपेईबीच आज राती १० बजे खेल हुँदै

काठमाडौं,जेठ २०। नेपाल र चाईनिज ताईपेईबीच आज कुवेतमा फुटबल प्रतियोगिता हुदैंछ। विश्वकप र एशियाली कप फुटबलको छनौट अन्तर्गत सो खेल हुन लागेको हो।

 

 

आज नेपाली समय अनुसार राती पाउने १० बजे उक्त खेल सुरु हुनेछ। नेपालले कुवेतमा सो खेलका लागि अन्तिम तयारी प्रशिक्षण सम्पन्न गरेको छ।

 

 

 

नेपालले कूल ३ खेल कुवेतमा खेल्नेछ। दोश्रो खेल जेठ २४ गते जोर्डनसंग र तेश्रो खेल जेठ २८ गते अष्ट्रेलियासंग खेल्ने कार्यक्रम छ।