कांग्रेस सरकारमा जाँदै,यी मन्त्रालयसहित,यी नेताहरु मन्त्री बन्दै (सूचीसहित)

काठमाडौं,जेठ २२। नेपाली कांग्रेस सरकारमा जाने भएको छ । कांग्रेसले कर्णाली सरकारमा सहभागिता जनाउने निर्णय गरेको हो ।

 

 

सो पार्टीले सरकारमा मन्त्री बन्ने सांसदहरुको नाम पनि टुंगो लगाएको छ । कांग्रेस संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

 

 

 

आज बेलुका बस्ने प्रदेश मन्त्रीपरिषद्को बैठकले बीसी र श्रेष्ठलाई मन्त्री नियुुक्त गरेर आइतबार सपथ खुवाउने तयारी गरेको बुझिएको छ ।

 

 

कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चारजना सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाइदिएका थिए ।