सिरहामा गोली चल्यो,एक जना घाइते

काठमाडौं,जेठ २२। सिरहाको मिर्चैयामा गोली चलेको छ । अज्ञात समूहले एकजना पुरुषमाथि गोली प्रहार गरेका छन्।  

 

अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

 

 

घाइते साफीको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।