जनसम्पर्क समितिद्वारा पत्रकारमाथी अपमानजनक व्यवहार, इञ्जाको गम्भीर आपत्ति

पेरिस/फ्रान्स,जेठ २४। नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीले समाचारको विषयलाई लिएर पत्रकारमाथी गरेको अपमानजनक व्यवहारप्रति इञ्जा युरोपले गम्भीर आपत्ति जनाएको छ ।

 

 

इञ्जा युरोपका महासचिव समेत रहेका जर्मनी निवासी पत्रकार दीपक धितालले डीसीनेपाल अनलाइनमा “एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु” शीर्षकको समाचारलाई लिएर जनसम्पर्क समिती जर्मनीले निकृष्ट शब्द प्रयोग गर्दै गालिगलौज तथा धम्कीपूर्ण विज्ञप्ती निकालेकोमा गम्भीर ध्यानाकर्षण भएको इञ्जा अध्यक्ष ददि सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनी लगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थिलाई गम्भिर विष्लेषण जनाएको गरी डीसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धिताल माथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काग्रेस जस्तो पार्टिका भातृ संगठनका लागि पक्कै शोभनिय विषय होईन ।

 

 

विज्ञप्तिमा भनिएको छ, “सामान्यतया प्रकाशित एवं प्रसारित समाचार प्रति कुनै असहमति भए सोही मिडियामा खण्डन गर्ने अन्तर्राष्ट्रिय प्रचलन र अधिकार हुँदा हुँदै, राजनीतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था जनसंपर्क समिती जर्मनीले समाचारको विषय लाई लिएर धम्कीको भाषा प्रयोग गर्नु भनेको सिंगो नेपाली प्रजातान्त्रिक विरासतलाई उपहास गर्नु हो ।

 

 

 

उल्लेखित समाचारमा कहिं कतै धार्मिक र जातीय कुरा गरिएको देखिँदैन । तर आफ्नै ढंगले विश्लेषण गरी समाचारलाई जातीय र धार्मिक रंग दिन खोजेर जनसम्पर्क समिती जर्मनीले मिलेर बसेको नेपाली समुदाय र एनआरएनए जर्मनीको आगामी अधिवेशनलाई कुन बाटोतर्फ लैजान खोजेको रहस्यमय छ । 

 

 

 

इञ्जा युरोपले विभिन्न देशका जनसम्पर्क समितिहरु, नेपाली काग्रेस केन्द्रिय कार्यालय, नेपाली कांग्रेस विदेश विभाग, नेपाली दुतावास, बर्लिन जर्मनीलाई वोदार्थ पठाउँदै पत्रकारप्रति राखिएको दुर्भावको र यस कार्यमा उत्रनेहरुले यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौ भनि माफि माग्न आग्रह समेत गरेको छ।

 

प्रेस विज्ञप्ति-

समाचारको विषयलाई लिएर इञ्जा युरोपका महासचिव दीपक धिताललाई नेपाली कांग्रेसको प्रवासी भातृ संस्था नेपाली जनसम्पर्क समिती जर्मनीले अपमानजनक र निकृष्ट शब्द प्रयोग गर्दै गालिगलौज तथा धम्कीपूर्ण विज्ञप्ती निकालेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तिको नाममा आफ्नो गल्ती कमजोरी ढाक्न पत्रकारमाथि अमुक पार्टिको छाप भिराइदिएर, षडयन्त्रको पर्दाफास र सत्य नपचेपछिको कुण्ठा पोखिएको छ । पत्रकारमाथी यस किसिमले प्रस्तुत हुनु आफैंमा निन्दनीय, प्रजातान्त्रिक मूल्य मर्यादा, आचरणबिरुद्द र प्रेस विरोधी कदम हो ।

 

गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनी लगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थिलाई गम्भिर विष्लेषण गरी डीसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धिताल माथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काग्रेस जस्तो पार्टिका भातृ संगठनका लागि पक्कै शोभनिय विषय होईन । सामान्यतया प्रकाशित एवं प्रसारित समाचार प्रति कुनै असहमति भए सोही मिडियामा खण्डन गर्ने अन्तर्राष्ट्रिय प्रचलन र अधिकार हुँदा हुँदै, राजनीतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था जनसंपर्क समिती जर्मनीले समाचारको विषय लाई लिएर धम्कीको भाषा प्रयोग गर्नु भनेको सिंगो नेपाली प्रजातान्त्रिक विरासतलाई उपहास गर्नु हो । उल्लेखित समाचारमा कहिं कतै धार्मिक र जातीय कुरा गरिएको देखिँदैन । तर आफ्नै ढंगले विश्लेषण गरी समाचारलाई जातीय र धार्मिक रंग दिन खोजेर जनसम्पर्क समिती जर्मनीले मिलेर बसेको नेपाली समुदाय र एनआरएनए जर्मनीको आगामी अधिवेशनलाई कुन बाटोतर्फ लैजान खोजेको रहस्यमय छ ।

 

 

निर्भीक रुपमा सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको कर्मलाई धम्कि र गालीगलौजले कुनै फरक पार्ने छैन । पत्रकार धिताल प्रति राखिएको दुर्भावको फेरी पनि घोर निन्दा गर्दै यस कार्यमा उत्रनेहरुले यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौ भनि माफि माग्न यस संस्था गम्भीर आग्रह गर्दछ । अब उप्रान्त यस प्रकारका गतिविधी जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार धितालको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न संस्था अघि बढ्ने सम्बन्धित सबैमा जानकारी गराउँछु ।

 

वोदार्थ:

विभिन्न देशका जनसम्पर्क समितिहरु
नेपाली काग्रेस केन्द्रिय कार्यालय, सानेपा ललितपुर
नेपाली कांग्रेस विदेश विभाग, सानेपा, ललितपुर
नेपाली दुतावास, बर्लिन जर्मनी

अध्यक्ष ददि सापकोटा
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय सञ्जाल (इञ्जा) युरोप
०६ जून २०२१
पेरिस, फ्रान्स