यी अभिनेत्रीको तस्‍बिरमा फ्यानले हस्तमैथुन गरेपछि,यस्तो,कारबाहीको माग

काठमाडौं। पाकिस्तानी अभिनेत्री हानिया आमिरले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेकी छन्। उनले भिडियोमा भनेकी छन्।

 

महिलाहरुलाई घृणा गर्नेहरु यो संसारमा दुईथरी मान्छेहरु छन्। यहाँ अर्काको सल्लाह सुझावलाई सम्मान गरिँदैन। जहाँ एक महिलालाई तिरस्कार गर्ने पुरुषको तारिफ हुन्छ। तर त्यही काम कुनै महिलाले गरे उनलाई घृणा गरिन्छ।

 

यहाँ आफ्नो प्रियजनसँग माया वा कुरा गर्ने महिला गलत हुन्छिन्। तर महिलाको तस्बिरसामु हस्तमैथुन गर्ने पुरुषको भिडियो भाइरल गराइन्छ।

 

 

भिडियोमा उनले आफ्नी बहिनीसँग कुरा गर्छिन् र लगातार आँखामा भरिएका आँशु पुछ्छिन्। हानिया तिनै अभिनेत्री हुन्, जो सामाजिक सञ्जालमा सधैं चर्चामा रहने गर्छिन्। उनले गरेका विभिन्न पोष्टका कारण उनी चर्चामा रहने गर्छिन्।

 

 

तर त्यस्तो के भयोरु जसले उनलाई रुन बाध्य बनाएको छ। किन उनी भावुक भएर यस्तो कुरा गरिरहेकी छन्रु

 

 

पछिल्लो शुक्रबार उनी इन्स्‍टाग्राममा लाइभ आएकी थिइन्। उनले त्यहाँ आफ्ना फ्यानहरुसँग कुराकानी गरिरहेकी थिइन्। लाइभ सेसनकै दौरान एक जनाले उनको तस्बिरमा हस्तमैथुन गरे। यो सब यति अविश्वनीय थियो कि हानियाले कल्पनासमेत गरेकी थिइनन्। त्यो घटनालगत्तै उनको अनुहारमा बदलाव देखिएको थियो। उनी भावुक बनेकी थिइन्। उनले तुरुन्तै लाइभ सेसन बन्द गरेकी थिइन्।

 

 

तर इन्टरनेटको जमानामा त्यो भिडियो भाइरल बन्न समय लागेन। कसैले सामाजिक सञ्जालमा उनको तस्बिरमा गरिएको हस्तमैथुनको भिडियो भाइरल बनाइदिए।

 

 

अहिले पनि उक्त भिडियो र हानियालाई लिएर ट्रोलुहरु बनाइँदै छ।हुन त उक्त भिडियो फेकु हुनसक्ने बताइएको छ।

 

यो भिडियोमात्र होइन। हानियाको टाउको दुखाइको विषय बनेको अर्को भिडियो पनि छ। अर्को भिडियोमा उनी निर्देशक वजाहत रउफका छोरा आशिर र नायलसँग गीत गाउँदै अंगालोमा बाँधिएकी छन्।

 

 

हानियाले निर्देशक वजाहतलाई आफ्नो परिवारको हिस्सा मान्छिन्। उक्त भिडियोसँगै उनले भनेकी पनि थिइन्,आफ्नो भाइलाई यसरी सम्हाल्न सकिन्छ, जति बेला उ १०१ डिग्रीको बिरामी हुन्छन्।

 

 

बढीजसो फ्यानहरुले भने हानिया आमिरलाई यौन उत्पीडन गरेको भन्दै आपत्ति जनाइरहेका छन् भने कतिपयले निर्देशकको छोरासँगको भिडियोलाई लिएर अश्लीलता फैलाएको आरोप लगाइरहेका छन्।

 

यही दुई भिडियोका कारण उनी पाकिस्तानमा मात्र नभएर सामाजिक सञ्जालमा ट्रेन्डिङमा छिन्।

 

कारबाही माग

हानियाका कतिपय फ्यानहरुले तस्बिरमा हस्तमैथुन गर्ने पुरुषको पहिचान गरी उनीविरुद्ध प्रहरीमा उजुरी दिनुपर्ने बताएका छन्।

 

 

उनीहरुले यस्तो भद्दा मजाकले कसैको ज्यान पनि जानसक्ने चेतावनीसमेत दिएका छन्। उनीहरुले इन्टरनेटमा महिला वा पुरुष, जोकोहीले थोरै भए पनि जिम्मेवारी देखाउन आग्रह गरेका छन्।

 

 

मलाइका नामकी एक महिलाले लेखेकी छन्,हानियाको गल्ती नै के थियोरु यो समाजमा महिला हुनु एक गाली हो। हानिया जुन खालको मानसिक पीडाबाट गुज्रिरहेकी छन्, म कल्पनासमेत गर्न सक्दिनँ। एक महिलाको रुपमा जुनको खालको व्यवहार उनीसँग भयो, त्यो सबैभन्दा खराब उदाहरण हो।

 

हानियाको आलोचना

 

हानियाले आफ्नो ुपर्सनल लाइफुका कुराहरु पनि बताउँदै आएकी छन्। त्यही कारण हो जसले उनलाई चर्चामा राख्ने गर्छ। त्यही सम्बन्धमा गुलजारले लेखेका छन्।

 

 

समस्या त्यतिबेला हुने गर्छ जतिबेला तपाइँ सबै कुरा सेयर गर्ने प्रयास गर्नुहुन्छ। जति धेरै तपाइँ आफ्नो जीवनलाई साझा बनाउने प्रयास गर्नुहुन्छ, त्यति धेरै तपाइँको आलोचना हुन्छ। त्यसैले अरुसँग सहानुभूति माग्नुको साटो जीवनका केही नियम र अनुशानलाई पालना गर्ने प्रयास गरेको राम्रो।

 

 

हुन त हानियाले अगस्ट २०१८ मा आफ्नै फ्यान्सद्वारा यौन उत्पीडन भएको आरोप लगाएकी थिइन्। त्यतिबेला उनले भनेकी थिइन्,एउटा सेलिब्रेटी हुँ भन्दैमा यो होइन कि हामी सार्वजनिक सम्पत्ति हौं र फ्यान्सको भेषमा पुरुषले हामीलाई जे पनि भनोस्।

 

 

उनले यस्ता गतिविधि गर्नेहरुलाई कसरी फ्यान भन्ने भन्दै गुनासो पोखेकी थिइन्। जो हाम्रो मायाको साटो हाम्रो यौन उत्पीडन गर्ने गर्छन्। हामीलाई दुःख र मानसिक पीडा दिने गर्छ, उनले भनेकी थिइन्।

 

त्यसो भए हानियाले समाजिक सञ्जाल किन चलाउँछिन्रु

 

एक दिनअघि हानियाले आफू सामाजिक सञ्जाल किन चलाउँछु भन्ने जवाफ दिएकी छन्। म यहाँ सामाजिक सञ्जालमा आफ्नो जीवनको सानो सानो कुराहरु साझा गर्ने गर्छु। जुन कसैलाई मन पर्छ। तर केही त्यस्ता मानिसहरु पनि छन्। जसलाई यो गरेको मन पर्दैन।

 

 

उनले आफ्ना फ्यानहरुसँग निकट रहनका लागि आफ्नो जीवनका साना साना कुराहरु पनि साझा गर्ने गरेको प्रष्ट पारेकी छन्।