राउटे बस्ती भयो सिल, अब बाहिरका कुनै पनि मान्छे जान नपाउने

काठमाडौं,जेठ २४। राउटे बस्तीमा असुरक्षा बढेपछि जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती नै सिल गरेको छ ।

 

प्रशासनले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध गरेको छ। बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।

 

 

राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

 

 

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि बस्ती शील गरिएको हो । बस्तीमा थप घटना हुन नदिन बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ ।