जोर्डनविरुद्ध खेल्न नेपाली टिमबाट सुरुवातीमा यी ११ खेलाडी सार्वजनिक

काठमाडौं,जेठ २४। विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाली टोलीले आज जोर्डनविरुद्ध खेल्दैछ। कुवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार पाउने १० बजे हुने खेलको नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको छ।

 

 

यसअघि नेपालले चाइनिज ताइपेइसँग खेलेको थियो। ताइपेइसँगको खेलमा पहिलो सेटमा नपरेका अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशी पहिलो रोजाइमा परेका छन्।

 

 

त्यस्तै ताइपेइविरुद्ध खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ सुरुवाती ११ मा छैनन्।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४-३-३ को रणनीतिमा खेलाडी मैदान उतारेका छन्।

 

 

फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३–० को गोलअन्तरले जित निकालेको थियो।

 

 

समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ।

 

 

त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। त्यस्तै चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।