मुद्राको विनिमय दर कुन देशको कति ?

काठमाडौँ,जेठ २६। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।

 

 

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।

 

 

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।