नागरिकता अध्यादेशविरूद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं,जेठ २७। सर्वोच्च अदालतको संवैधानकि इजलासमा आज नागरिकता अध्यादेशविरूद्धको रिटमा सुनुवाइ हुँदैछ ।

 

यही जेठ २१ गते सुरू प्रारम्भिक सुनुवाइमा सर्वोच्चले आज दुवै पक्षलाई डाकेको छ । आज सरकारी पक्षसहितको धारणा सुनेपछि इजलासले अन्तरिम आदेश दिने या नदिने निर्णय गर्नेछ ।

 

 

आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

 

 

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।