माइग्रेन के हो ? यसका समस्या कस्ता हुन्छन् यस्ता छन् घरेलु बच्ने उपाय

काठमाडौं। टाउको दुख्ने समस्या अधिकांशलाई हुन्छ । तर के कारणले टाउको दुखेको हो भन्ने कारण भने कमैलाई थाहा हुन्छ ।

 

 

टाउको दुखाइ ठूलै समस्या नभए पनि हाम्रो दैनिक जीवनमा बाधा पुर्याउने काम भइरहेको हुन्छ । कतिलाई टाउको दुखाइले निकै पीडा दिन्छ ।

 

 

यदि माइग्रेनकै कारणले टाउको दुखेको हो भने शतप्रतिशत निको पार्ने पाकृतिक उपचारको बारेमा तपाईंलाई जानकारी गराउने छौँ ।

 

के हो माइग्रेन 

 

टाउको दुखाईको विभिन्न प्रकारमध्ये माइग्रेन पनि एउटा प्रकार हो । नेपालमा सात वर्षको बालबालिकादेखि साठी वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ ।

 

 

यो समस्या एकपटक भएमा जीवनभर रहिरहने हुदाँ यसलाई समयमै सावधानी अपनाउन जरुरी छ । अन्यथा, यो धेरै पिडादायक हुनसक्छ ।

 

 

सामान्यतथा, माइग्रेनको दुखाई एकपटक सुरु भएपछि न्युनतम चार देखि ७२ घण्टा सम्म रहिरहन सक्छ ।

 

माइग्रेन भएमा बत्तीको प्रकार, चहकिलो बत्तीका कारण पनि टाउकोमा असहय पिडा भएमा तथा हात खुट्टा झमझमाउने, वान्ता हुने, आवाज प्रति टाउको संवेदनशील हुने गर्छ ।

 

माइग्रेनबाट बच्ने घरेलु उपाय

 

-माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।

 

 

-एउटा तौलियालाई तातो पानीमा डुबाएर त्यही तौलियाले केही बेर दुखेको भागमा मसाज गरेको खण्डमा आराम मिल्छ । माइग्रेन भएमा वरफको टुक्रा पनि प्रयोग गर्न सकिन्छ ।

 

 

-माइग्रेन भएमा सासको गतिलाई कम गर्नु पर्छ । किनकी लामो लामो सास फेर्नाले टाउको दुख्ने समस्या झन् बढ्न सक्छ ।

 

 

-माइग्रेन भएमा कपूरलाई घ्यूमा मिलाएर हल्का हातले टाउकोमा मालिस गर्नाले पनि दुखाई कम हुने गर्छ ।

 

-बटरमा मिश्री मिसाएर खानाले पनि माइग्रेनको समस्या कम हुने गर्छ ।

 

 

-कागतीको बोक्रालाई पिसेर, यसको लेप निधारमा लगाउनाले पनि माइग्रेन ठीक हुनसक्छ ।

 

 

-माइग्रेनमा आरोमा थेरापीले राहत दिनसक्छ । अरोमा थेरापीमा हर्वल तेलको प्रयोग गरिन्छ । यसमा हर्वल तेललाइ निश्चित प्रक्रियाद्धारा हावामा फैलाइन्छ र वाफका माध्यमद्धारा उक्त तेललाई अनुहारमा लगाइन्छ ।

 

 

-माइग्रेनमा टाउको दुख्ने समस्या भएमा मन्द संगीत सुन्नु फाइदाजनक हुनसक्छ । मधुरो संगीत तथा धुनले मनलाई अन्तै मोड्नुका साथै दिमागलाई शान्त पार्छ ।