माधवसमूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

काठमाडौं,जेठ २७। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।

 

 

 

मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।