कोरोनाको नि:शुल्क उपचार हुने देशभरका यी हुन् ८३ अस्पताल (सूचीसहित)

काठमाडौं,जेठ २७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको निस्शुल्क उपचार हुने व्यवस्था गरेको छ।

 

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निस्शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।

 

मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको निस्शुल्क उपचार हुने छ।

 

 

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र निस्शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

 

यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ।

 

निशुल्क भित्र के के पर्छ 

 

१- सामान्य रगत परीक्षण (जस्तैस् सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी)

 

२- छातीको एक्सरे

 

३- उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि

 

४- बिरामीको शय्या शुल्क

 

५- खाजा तथा खाना सहित चार छाक

 

६- चिकित्सक तथा नर्सको राउन्ड सेवा

 

७-अक्सिजन

 

तर, यी सेवा निशुल्क छैन

 

१- आइसीयू बाहेकका बिरामीमा पिसिआर

 

२- रेम्डिसिभिर

 

३- प्लाज्मा थेरापी

 

४- सिटी स्क्यान

 

५- हायर एन्टिबायोटिक्स

 

यी हुन् निस्शुल्क उपचार हुने ८३ अस्पताल