नेपालमा थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि,थप ५,२९३ जना संक्रमणमुक्त,५९ जनाको मृत्यु

काठमाडौं,जेठ २७। नेपालमा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। थप ५,२९३ जना संक्रमणमुक्त भएका छन्।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ।

 

 

नेपालमा हालसम्म ६ लाख १ हजार ६८७ जना संक्रमित रहेकोमा ५ लाख १५ हजार ५९१ जना कोरोनामुक्त भएका छन्। हाल ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन्।