बिहानदेखि सम्पर्कविहिन भएका मन्त्री मनाङे यस्तो अबस्थामा भेटिए

काठमाडौं,जेठ २७। आज बिहानदेखि सम्पर्कविहिन गण्डकीका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भेटिएका छन् ।

 

 

कास्की प्रहरीले छापा मारेपछि बर पिपल रिसोर्टमा उनी भेटिएका हुन् । उनी हराएपछि कास्की प्रहरीले व्यापक खोजी गरिरहेका थिए ।

 

 

दीपक मनाङे भनेर चिनिने मन्त्री राजीव गुरुङ बेपत्ता हुनु र अर्का गुण्डागर्दी पृष्ठ भूमिकै गणेश लामा पोखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित भएको थियो ।

 

 

गणेश लामा फेलापरेपछि उनी बसेका स्थानमा प्रहरीले छापा मारेको थियो ।