गण्डकीमा मुख्यमन्त्रीका लागि गुरुङले पनि गरे दावी,अंक गणितमा को बलियो

काठमाडौं,जेठ २९। गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

 

 

गुरूङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन्।

 

 

२७ गते विश्वासको मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन्।उनको पक्षमा २७ मत आएको थियाे।

 

 

यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श-शरीर उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेका छन्।