गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

काठमाडौं,जेठ २९। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । उनलाई प्रदेशप्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

 

 

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

 

 

 

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए।

 

उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।