नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्रलाई,निवर्तमान मुख्यमन्त्री गुरुङले फोन गर्दै यस्तो भने पछि….

काठमाडौं,जेठ २९। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई र निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच टेलिफोन वार्ता भएको छ ।

 

 

फोन वार्तामा गुरुङले पोखरेललाई बधाई दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले फोनमार्फत पोखरेललाई बधाई दिएका हुन् ।

 

मुख्यमन्त्रीको रुपमा प्रदेश सभाबाट विश्वासको मत गुमाएका गुरुङले आफ्नो र पार्टीका तर्फबाट भन्दै पोखरेललाई आगामी कार्यकालको शुभकामना पनि दिए ।