नवनियुक्त मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार,समर्थन गर्ने दलहरुबाट,यी हुन मन्त्री बनेका नामसहित

काठमाडौं,जेठ २९। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

 

मुख्यमन्त्रीले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

 

 

पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का,माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा) बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्रीलाइ पनि मन्त्री बनाएका छन्। चारैजना मन्त्री विना विभागीय हुन् ।

 

मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।