मनाङेको टिप्पणी :ओलीको न वर्तमान छ, न भविष्य, बुद्धि भएकाहरु पछि लागेका छन् !

काठमाडौं,जेठ ३०। गण्डकी प्रदेशमा तेस्रोपटक मन्त्री भएका दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध टिप्पणी गरेका छन्।

 

 

उनले ओलीको न वर्तमान छ, न भविष्य छ भन्दै त्यस्ताको पछि लाग्नेहरुको बुद्धि छनै कि भन्दै टिप्पणी गरे। ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ।

 

 

तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या। दुईवटा किड्नी नभएको मान्छे हो। अरुको त किड्नी छ नि यार। बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ। म त टाइममै छोडेर बचेँ,’ उनले भने।

 

 

यसअघि दुई पटक पृथ्बीसुब्बा गुरुङको क्याबिनेटमा मन्त्री भएका मनाङे विपक्षी गठबन्धनमा सहभागी भएका थिए।