मुख धुँदा यी १० गल्तीहरु कहिल्यै नगर्नुस्, हराउँछ अनुहारको चमक

काठमाडौं। मुख धुने काम भनेको एकदमै सजिलो काम हो, तर सजिलै काम गर्दा पनि विशेष ध्यान पुर्याउन सकिएन भने त्यसैले विभिन्न किसिमका नकारात्मक समस्याहरू ल्याउन सक्छ। जस्तै डण्डिफोर आउने, छाला चिलाउने, छाला फुस्रो हुने गर्छ ।

यस्ता छन् १० उपायहरू

१-अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस्।

 

२-अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ।

 

३-ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ।

 

४-फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस्।

 

५- अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस्।

 

६-अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस्।

 

७-अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस्। अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ।

 

८-अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस्।

 

९-अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस्।

 

१०-अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस्।