सुन चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं,जेठ ३१।साताको कारोबारको दोश्रो दिन सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार २ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ९ सय थियो ।

 

 

यस्तै तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ७ सय कायम गरिएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोलामा ५ रुपैयाँले घटेर १३ सय ६५ कायम भएको महासंघले जनाएको छ ।