विश्व हिन्दु लियो क्लब बाजुरा जिल्लाको अध्यक्षमा उपाध्याय र जिल्ला प्रवक्तामा भण्डारी मनोनित

काठमाडौं,जेठ ३१। विश्व हिन्दु लियो क्लब बाजुरा जिल्लाको अध्यक्षमा बसन्त उपाध्याय र जिल्ला प्रवक्तामा केशव भण्डारी  मनोनित भएका छन् ।

 

 

आउने दिनहरुमा बाजुराको धार्मिक तथा साँस्कृति महत्त्वलाई नेपाल र विश्व भरी चिनाउनु हुने छ भन्ने  सम्पुर्ण बाजुरेली जनतामा आशा र अपेक्षा  रहेकाे छ।

 

 

विश्व हिन्दु लियो क्लबले नेपालको सनातन धर्म संस्कृति र सभ्यतालाई जोगाउन विश्व हिन्दु लियो क्लबको जिल्ला अध्यक्षमा बसन्त उपाध्याय र जिल्ला प्रवक्तामा केशव भण्डारीलाई जिम्मेवारी दिएको हाे।

 

नेपालमा पुर्वीय दर्शनको निति लागु हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने अभियानमा निरन्तर हिन्दु राष्ट्रको भुमिका खुल्दै आएको संस्था हो ।

 

विश्व हिन्दु लियो क्लबको जिम्मेबारी पाएको केहि दिन पछिनै लगतै संगठनलाई जिल्लामा बिस्तार गरी संगठन बलियो समेत बनाउने  बताइएकाे छ।

 

  नेपाललाई हिन्दु राज्य कायम गरी धर्मको नाममा कुनै पनि हत्या हिंसा,अन्याय ,अत्यचार लडाई झगडा युद्ध जस्ता नराम्रा कुराहरुको प्रति भण्डाफोर गरि बाजुरामा धार्मिक दर्शनको नीती लागु गर्ने बताएका छन् ।