नेपालमा थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि,थप ५,१४७ जना संक्रमणमुक्त,५३ जनाको मृत्यु

काठमाडौं,जेठ ३१। नेपालमा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

यसैगरी, ५ हजार ३८१ एन्टिजेन परीक्षणमा ८६९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ ।

 

 

यस्तै, २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

 

 

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।