बहराइनले नेपालसहित यी मुलुकका नागरिकलाई नयाँ ‘वर्क परमिट’ नदिने

काठमाडौं,जेठ ३१। बहराइनले तत्काललाई नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने भएको छ ।

 

 

कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने जनाएको हो ।

 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि बहराइनले २४ मेदेखि ‘रेड लिस्ट’मा राखेको हो ।

 

 

यस्तै भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशलाई पनि नेपालसँगै बहराइनले ‘रेड लिस्ट’मा राखेको थियो ।

 

 

तर यो नियम केही समयमा लागि मात्रै हो । कोरोना सङ्क्रमण घटेसँगै बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।