बाजुरामा बाढीले बगाउँदा एक बालक बेपत्ता

                        सांकेतिक तस्वीर

काठमाडौं,जेठ ३१। जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

 

 

बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले राससलाई जानकारी दिनुभयो ।

 

 

उहाँले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार बिहान बालकलाई बगाएको हो । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको छ ।

 

 

सोमबार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता रहेकी छन् ।

 

 

गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताउनु भयो ।

 

 

आइतबारबाट आएको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँहरुमा क्षति पुरयाएको छ ।